ब्यवहार परिर्वतन सम्बन्धी संचारकर्मी र सरोकारवालासंग छलफल

  • २३ जेष्ठ २०७४, मंगलवार
  • धिरन खत्री
  • 1687 पटक पढिएको

म्याग्दी,२३ जेठ । जिल्लामा क्रियालशिल संचारकर्मि एंवम पत्रकारहरुसंग  खानेपानी तथा सरसफाई  सम्वन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनको  आयोजनामा  ब्यवहार परिर्वतन सम्वन्धी एकदिने अन्तक्रिर्या  कार्यक्रम  आयोजना गरिएको हो ।


उक्त अभिमुखिकरण तालिमलाई उद्घाटन गर्दै स्थानीय विकास अधिकारी प्रेमराज गिरिले यस अन्तक्रिर्या कार्यक्रमबाट खानेपानी तथा सरसफाई सम्वन्धी जानेको ज्ञान, सिपलाई दैनिक ब्यवहारमा प्रयोग गर्न समाजमा प्रेरित गर्न  आग्रह गर्नुभएको थियो । अन्तक्रिर्या कार्यक्रमा उपस्थित पत्रकारहरुलाई क्षेत्रिय परियोजनाका खानेपानी तथासरसफाई विज्ञ  चन्द्रभक्त विष्टले दैनिक जीवनमा खानेपानी तथा सरसफाई सम्वन्धी आवश्यकता, महत्व र ब्यवहार कसरी प्रयोग गर्ने सम्वन्धी सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै कार्यmक्रममा  वास सल्लाकार थरेन्द्र पौडेलले आर्थिक बर्ष ७३÷७४ को जिल्ला सञ्चालन भएका १६ वटा  खानेपानीको योजना मध्ये ८ ओटा आयोजना सम्पन्न भएको र २ओटा असारसम्म सम्पन्न हुने जानकारी गराउनुभएको  थियो । साथै जिल्ला भएका सरसफाई सम्वन्धी गतिविधिबारे जानकारी गराउनुभएको थियो ।  जिल्लाका संचारकर्मी, विभिन्न संघसस्था तथा कार्यालय प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको अभिमुखि कायर्यक्रमको संचालन बास फोकल प्रसन राजेन्द्र आचार्यले गनुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l