भविकलालाई दरबाङमा जुट्यो ७१ हजार सहयोग

  • २५ जेष्ठ २०७४, बिहीबार
  • 3486 पटक पढिएको

म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई दरबाङमा ७१ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङ र न्यू दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा ७१ हजार ६ सय रुपैयाँ सहयोग रकम जुटाईएको हो ।

बिहान ढिडोसँगै आलु र भेन्टाको तरकारी खाएरका भविकलासँगै ससुराली आएका रघुगंगा–८ पात्लेखर्कका पबहादुर गुरुङ (प्रेम), उनको धर्मपत्नी चिना र १४ महिने छोरा बेहोस भएका थिए । चिना र १४ महिने छोराको गत शुक्रबारै उपचारको क्रममा निधन भइसकेको छ भने भविकलासँगै प्रेमको पोखरास्थित कास्की सेवा अस्पतालमा उपचार भइरहेको छ ।

दुबै संस्थाले जुटाएको रकम लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष हिरा पुन लगायतले मृतक चिनाकी जेठीआमा मशान्ति पुर्जालाई हस्तान्तरण गरिएको छ । समस्यामा परेको बेला सबैले सहयोग संकलन गरिएको अध्यक्ष पुनले जानकारी दिए ।