फुलमायाको उपचारका लागि बानियाको सहयोग

  • २३ जेष्ठ २०७४, मंगलवार
  • 2058 पटक पढिएको

म्याग्दी, २३ जेठ । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेनीकी यसोदा बानीयाले मंगलबार दश हजार पाँच रुपैया सहयोग गर्नुभएको छ । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम माइत भई बेनी आवासीय माविकी सञ्चालक बानियाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको फुलमाया बचाउ अभियानका संयोजक सन्तोष गौतमलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले फुलमाया बचाउ अभियान सञ्चालन गरेको छ । कोषले फुलमायाको उपचारका लागि करिब सात लाख रुपैया सहयोग जुटाई उपलब्ध गराएको जनाएको छ । भरतपुर स्थित विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी भण्डारीको उपचारका लागि पन्ध्र लाख रुपैया खर्च हुने अस्पतालले जनाएको छ ।