लेटमी डान्सीङकी विजेता मगरद्धारा सहयोग

  • २४ जेष्ठ २०७४, बुधबार
  • 2443 पटक पढिएको

म्याग्दी,२४ जेठ । एकहप्ताअघि सम्पन्न लेटमी डान्सीङ प्रतियोगिताको विजेता म्याग्दी अर्मनकी विष्णु दगामी मगरले विषाक्त खानाका कारण उपचाररत पबहादुर गुरुङ र भविकला पुर्जाको उपचारका लागि पाँच हजार सहयोगको घोषणा गरेका छन् ।

गत शनिबार काठमाडौँमा त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ प्रतियोगितामा मगरले उपाधी जितेकी थिइन् । बास्केबलको राष्ट्रिय खेलाडी समेत रहेकी मगरले समस्यामा परेको परिवगारलाई थोरै भएपनि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरिएको बताइन् ।
गत शुक्रबार अर्मन–४ छिस्वाङमा ढिडोसँगै आलु र भेन्टा खाएपछि पबहादुर र भविकलासँगै पबहादुरको पत्नी चिना र १४ महिने छोरा गम्भिर विरामी परेका थिए । विषाक्त खानाकै कारण पबहादुरका पत्नी र छोराको उपचारको क्रममा निधन भईसकेको छ ।