ताजा अपडेट

नगरपालिकाले किन उठाएन बजारबाट ब्यवसायि कर

धिरन खत्री म्याग्दी, २२ भदौँ । बेनी नगरपालिकाको वडा नम्वर ७ र ८ केन्द्रित बेनी बजारबाट साढे २ बर्षदेखि ब्यवसायी कर उठेको छैन् । बेनी नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य संघको वेवास्ताका कारण बजारबासीबाट ब्यवसायी कर नउठेको हो । सदरमुकाम केन्द्रित ब्यवसायिको कर उठाउन नगरपालिका र... पुरा पढ्नुहोस

म्याग्देली विद्यार्थी परिवार काठमाण्डौको नयाँ नेतृत्व चयन, अध्यक्षमा शर्मा

बेनी, २१ भदौ । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झलक पुन (मंगला) चयन हुनुभएको निवर्तमान अध्यक्ष दिपक... पुरा पढ्नुहोस

भगवतीमा सार्वजनिक सुनुवाईः हरेक योजनाको सुचना वोर्ड अनिबार्य गर्न माग (फोटो फिचर)

कमल खत्री म्याग्दी २१ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा आर्थिक बर्ष २०७५÷७६ को बार्षिक समिक्षा, चालु आर्थिक बर्षको योजना सार्वजनिक संगै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा शनिवार भएको कार्यक्रममा स्थानीयबासीले हरेक विकास निर्माण योजनाको पारदर्शीताको लागि निर्माण स्थलमा अनिबार्य रुपमा सूचना बोर्ड राख्नुपर्ने, विकास... पुरा पढ्नुहोस

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बृद्धि

म्याग्दी, २१ भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बृद्धि गरेको छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयले भाद्र २१ गते शनिवारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बृद्धि गरेको हो ।दुग्ध उत्पादक किसानहरुले पछिल्लो समयमा दाना, चोक्कर लगायतका बस्तुको मूल्य बृद्धि हुँदा दूध उत्पादनको... पुरा पढ्नुहोस

रायाेकाे साग खानुकाे फाइदाँ

  रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो । त्यस्तै रायोको सागबाट पाइने फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका... पुरा पढ्नुहोस

भ्रमण वर्ष – २०२० र एकवर्षे कार्ययोजना

रमेश भट्टराई / वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईको एक वर्षे कार्ययोजनाले आर्थिक विकास तथा पर्यटन विकासका धारलाई इङ्गित गरेको छ । ७० वर्ष माथिका नागरिकलाई आन्तरिक हवाईयात्रामा ५० प्रतिशतसम्म छुट दिने योजनाको उद्घोष अवश्य सराहनीय छ । करिब चार महिनाको समयभित्र भ्रमण वर्ष–२०२० लाई सफलीभूत गरेर... पुरा पढ्नुहोस

कालीगण्डकी प्रशारण करिडोरकोे विवादीत बनेको ‘पोखरेबगरमा’ बैकल्पिक मार्गबारे अध्ययन सुरु

कमल खत्री बेनी, २१ भदा । कालीगण्डकी प्रशारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ । पोखरेबगरमा स्थानीयले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन सुरु गरिएको हो । आयोजनाको तर्फबाट ५ जना र प्रभावित... पुरा पढ्नुहोस

गरिमा बैङ्कद्धारा पोशाक र शैक्षिक सामग्री वितरण

बेनी, २१ भदौ । गरिमा विकास बैङ्कले शुक्रबार रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । २५ जना गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई एक÷एक जोडा पोशाक, झोला, कापी र कलम वितरण गरेको हो । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बैङ्कका बरिष्ठ प्रबन्धक अनुमान... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको राजपत्र प्रकाशन

  बेनी, २० भदौ । म्याग्दीको मंगला गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि बनाएको ऐन, कानुन राजपत्र मार्फत सार्वजनिक गरेको हो । विनियोजन, आर्थिक २०७६, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लगायत ९ वटा ऐनहरु राजपत्रमा प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

भाद्र २९ मा बेनिमा सुमन गुन्जिने

म्याग्दी २० भदाै । म्याग्दी साहित्यको बिकाशमा निरन्तर लागिरहेको चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दिले फेरि अर्को गजल धमाका गर्ने भएको छ।।समाज परिबर्तनको सम्बाहक मानिने साहित्य समग्र देशकै परिबर्तनमा कलम द्वारा महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा पर्दछ।म्याग्दिको सुन्दर नगरी बेनि बजार स्थित शिखर होटेलमा यहि भाद्र २९ गते बालदिवशको अवसर पारी उक्त... पुरा पढ्नुहोस