सडक सुविधाले स्याउ विक्रिमा सहज

  • ५ कार्तिक २०७६, मंगलवार
  • धिरन खत्री
  • 2246 पटक पढिएको

 

धिरन खत्री
मुस्ताङ, ५ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङका स्याउ कृषकलाई सडक सुविधाले स्याउ विक्रिमा सहज गराएको छ ।  हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसग जोड्ने बेनी–जोमसोम सडक निर्माणपछि मुस्ताङको प्रमुख कृषि उत्पादन स्याउ ढुवानीमा सहज भएको हो ।

बेनी–जोमसोम सडक सञ्चालनले कृषकलको बगैचामा स्याउ कुएर जाने समस्या हटेको छ । सडकले सुविधाले म्याग्दी, बागलुङ, पोखरा,काठमाण्डौका ब्यापारीहरुले कृषकको बगैचाको स्याउ अग्रिम बुकिङ गर्ने गरेको ठिनीकी कृषक जुमा थकालीले बताईन । उनले यस बर्ष १ लाख भन्दा बढी मुल्य बराबरको स्याउ विक्रि गरेका बताईन । सडक सहज सुविधाले पहिल्य जस्तो बगैचाँमा स्याउ कुएर जाने समस्या हटेपछि अहिल्य बगैचाँमा विरुवा थपेको थकालीले बताईन ।

कृषि कार्यालयको निशुल्क काटुन सहयोग, प्राविधिक सुविधा र स्थानीय सरकारले गाउँमै सडक पहुचले कृषकहरु स्याउ खेतीप्रति आर्कषित हुदै स्याउका विरुवा लगाउने संख्या बृद्धि भएको कृषक जुमा थकालीले बताईन । पोखराका ब्यापारीहरु माफाँको स्याउ बगैचामा स्याउ टिपेर बजार पठाउन ब्यस्त छन् ।

मुस्ताङको कोवाङ, टुकुचे,, स्याङ जोमसोम, कागबेनी, ठिनि, मुक्तिनाथ, छुसाङको एक हजार ११५ हेक्टरमा रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलीसियस जातको स्याउ खेती गर्दै आएका छन् ।
मूस्ताङ घुम्न आउने पर्यटकहरुको लागि घर फर्कदा कोसेली रुपमा स्याउ लग्ने गरेको ठिमिमा होमस्टे संचालक गरेका आइतबहादुर थकालीले बताए । उनले पहिल्य सडक सुविधा नहुदाँ खच्चडबाट म्याग्दी, पर्वत, बागलुङ र पोखराको शहरमा स्याउ ढुवानी गर्दा स्याउ कुएर जाने समस्या थियो । भने त्यो समस्या अहिल्य नरहेको उनले बताए ।

मुस्ताङको स्याउलाई अन्तराष्ट्रिय बजारमा पु¥याउन, उत्पादन बढाउन, कृषकलाई स्याउ खेती विस्तार गराउनन अनुदान, सुलभ ऋण ब्यवस्था मिलाउन स्थानीय, प्रदेश र संघिय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l