अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभाबाट ११ विद्येयक पारित

  • ४ कार्तिक २०७६, सोमबार
  • 2315 पटक पढिएको

सुरेन गुरुङ
पोखरेबगर ४ कात्तिक ।  म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभाबाट विभिन्न ११ वटा विद्येयक पारित भएको छ । आईतवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न विशेष गाउँसभाले सभामा प्रस्तुत भएका कार्यविधि, निर्देशिका, नियमावली र ऐन लगायतका विद्येयकहरु पारित गरेको हो । गाउँसभाको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले उद्घाटन गर्नुभएको थियो ।


गाउँसभाले स्थानीय पर्यटन विकास कार्यविधि, कृषि अनुदान निर्देशिका, सार्वजनिक नीजि साझेदारी सम्बन्धि नियमावली, गाउँ सुत्केरी स्याहार खर्च वितरण कार्यविधि, विपन्न दलित तथा अल्पसंख्यक समुदाय स्वास्थ्य बिमा कार्यविधि स्विकृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केदारनाथ शर्माले जानकारी दिनुभयो ।

त्यसैगरि खेलकुद सञ्चालन तथा व्यवस्थापन कार्यविधि, लेखा समिति गठन तथा सञ्चालन नियमावली, सार्वजनिक नीजि साझेदारी सम्बन्धि ऐन, शिक्षक नियुक्ति तथा सरुवा कार्यविधि संशोधन, असाहाय विपन्न सहायता कोष सञ्चालन कार्यविधि र पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि सभाले पारित गरेको गाउँपालिकाले जनाएको छ ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पुनले समायोजनले गर्दा कर्मचारी अभाब भएको बताउँदै सिमित जनशक्तिका बिच प्रशानिक सेवा प्रवाहलाई प्रभाबकारी बनाउन सबै पक्षले सकरात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ता समिति मार्फत गरिएका विकास निर्माणका योजनाहरुको भुक्तानी सहज बनाइएको बताउँदै विकास निर्माण तथा कार्यक्रमहरुको पूर्ण कार्यान्वनयको लागि जुट्न गाउँसभाका सदस्यहरुलाई आग्रह समेत गर्नुभयो ।


कार्यक्रम्मा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, प्रमुख प्रशासकिय अधिकृत केदारनाथ शर्मा , कार्यपालिका सदस्य विष्णु दमाईले विद्येयक पारित भएसंगै गाउँपालिकाले लिएका नीति तथा कार्यक्रमहरुलाई प्रभाबकारी कार्यान्व्यनको लागि बाटो खुलेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका बेल बहादुर पुर्जा ,नेकपा अन्नपुर्ण गाउँपालिका अध्यक्ष खड्ग गिरी लगायतले शुभकामना व्यक्त गनुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले लेखापाल नहुँदा गाउँपालिकाबाट हुने भुक्तानीमा समस्या हुने गरेको बताउँदै जनशक्ती व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालको संचालन ,सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर –२ का अध्यक्ष ओम प्रसाद फगामीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।