राखु समाज बेल्जियमद्धारा क्यासरपिडित मल्ललाई रु १ लाख ५ हजार सहयोग
- ४ कार्तिक २०७६, सोमबार
- 3012 पटक पढिएको
म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी स्तन क्यान्सरपिडित कृष्ण मल्ललाई राखु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । बेलायतमा रहेका राखु भगवती र राखु पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज बेल्जियमले मल्लको उपचारार्थ रु १ लाख ५ हजार १६५ आर्थिक सहयोग गरेको हो ।
सो सहयोग रकम समाजका सदस्य धन बहादुर मल्ल, सल्लाहकार संयोजक घन शाही, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको उपस्थितिमा भगवती मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर मल्ल मार्फत पिडित मल्ललाई हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा स्थानीय अगुवा समेत रहनुभएका देवेन्द्रबहादुर मल्लले समेत रु ५ हजार सहयोग गर्नुभएको थियो । पिडित मल्लको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले बेल्जियममा रहेका राखुबासीबाट सो सहयोग गरिएको समाजका सदस्य धन मल्लले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन घन शाहीले गर्नुभएको थियो ।