राहुघाट जलविद्युत आयोजनाको ढिलासुस्ती हटाउन सरोकार समिति गठन
- ४ कार्तिक २०७६, सोमबार
- 2846 पटक पढिएको
म्याग्दी, ४ असोज । ४२ मेगावाटको राहुघाट जलविधुत आयोजनाकोे दिलासुस्ती हटाउन ताराबहादुर शाहीको संयोजनमा रघुगंगा हाइड्रोपावर सरोकार समिति गठन गरिएको छ । नवसन्तोष सेवा युवा क्लवको आयोजनामा रघुगंगा गाउँपालिका– ३ का युवाहरुको उपस्थितमा सो समिति गठन गरिएको हो । राहुघाट जलविधुतको ढिलासुस्ती, जग्गा अवरोध, सडक तथा अन्य गतिविधिहरुमा हुने ढिलासुस्ती हटाएर निर्माण कामलाई तिव्र रुपमा अघि बढाउन बृद्धिजिवी युवाहरुको एकतामा सो समिति गठन गरिएको हो ।
निर्माणक्रममा हुने विभिन्न समस्याहरु स्थानीय तह र जिल्लास्तरमा समन्वय गरेर समस्या समाधान पहल गर्ने निर्णयसहित रघुगंगा हाइड्रोपावर सरोकार समिति गठन गरिएको क्लवका सचिव मुक्ति शर्माले बताए ।
समितिको उपसंयोजकमा मुक्तिप्रसाद शर्मा, सदस्यहरुमा उमेश मल्ल, ज्ञानेन्द्र मल्ल, सुजन रकाल, मानबहादुर शाही, बचन मल्ल, उमाकुमारी शाही, अम्विक मल्ल, दुर्गाबहादुर शाही, विनोद शाही, मोहन सार्की, कुलबहादुर मिजार र कृष्णप्रसाद शर्मा रहेका छन् । भने संरक्षकमा वडा अध्यक्ष जीवनकुमार मल्ल, सल्लाकारहरुमा पुर्व अध्यक्ष खिमबहादुर शाही, रमेशसिङ ठकुरी, वडासदस्य पवन मल्ल, विक्रम मल्ल, लोकेन्द्रबहादुर मल्ल् र गुप्तबहादुर शाही रहेको छन् ।