ताजा अपडेट

म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ?

सृजना पौडेेल,म्याग्दी । कहिले काहीँ यस्तो होला मेरो गल्ती नि हुन्न हजुर पनि सायद सधैं सहि हुनुहुन्न, दुबै आगो भए त पोल्छ नि, जल्छ सम्बन्ध म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ?? म हजुरलाई बुझ्ने कोसिस गर्छु,सकभर हजुर धेरै बोल्न नपरोस आखाँ पढ्ने कोसिस... पुरा पढ्नुहोस

होटललाई डिजीटलाइज गर्न येस्सूनर एप

सन्दिप शर्मा म्याग्दीे । म्याग्दीमा होटल वयवसायिहरुलाई एकिकृत गर्न येस्सुनर एप आउने भएको छ । जिल्ला भित्र सञ्चालित होटलहरुलाई डिजिटलाइज गर्ने उदेश्यका साथ येस्सूनर एप ल्याउन लागिएको एपका म्याग्दी कोअडिनेटर प्रज्वल शर्माले बताउनु भयो । यो एपमा होटलहरुको विवरण, होटलको कोठाको फोटा, होटलमा उपल्ब्ध हुने खानाको परिकारहरुको विवरण र शुल्क,... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने

म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारले ल्यायो ३४ अर्ब बढीको बजेट (पूर्णपाठसहित)

पोखरा १ असार । गण्डकी प्रदेश सरकारले सोमबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा रु ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका हुन् । चालूतर्फ १४ अर्ब ३४ करोड... पुरा पढ्नुहोस

साेमबार नेपालमा ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं १ असार । नेपालमा साेमबार थप ४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएकाहरुमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । नयाँ थपिएकासंगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या ६२११... पुरा पढ्नुहोस

क्वारेन्टाइन लैजाँदा भिरबाट हामफालेका युवाकाे मृत्यु

बाग्लुङ  १ असार ।   क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका– ८ मा पर्ने चुवाको भिरबाट हामफालेर आत्महत्याको प्रयास गरेका एक युवाको मृत्यु भएको छ । भिरबाट हामफालेर गम्भीर घाइते भएका बाग्लुङ नगरपालिका– १३ का ३९ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । भिरबाट हामफालेका उनलाई उपचारका लागि पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल... पुरा पढ्नुहोस

क्वारेन्टिनमा राख्न बागलुङ ल्याइदै गरेका युवा भीरबाट हाम फाल्दा गम्भीर घाइते

पर्वत १ असार । क्वारेन्टिनमा राख्नका लागि सिमानाकाबाट बसमा उद्धार गरी बागलुङ ल्याइदै गरेका एक युवाले भीरबाट हाम फाल्दा सक्त घाइते भएका छन् । पोखरा बागलुङ राजमार्गको पर्वत कुस्मा नगरपालिका ८ को चुवाको भीरमा बस फसेको अवस्थामा बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान भीरबाट हाम फालेका... पुरा पढ्नुहोस

कोभिड–१९ को महामारीको समयमा डेंगु र स्क्रब टाईफसको जोखिम

केशरी शर्मा र सागर गौतम जाडो मौसमको अन्त्यपछि मनसुन सुरू हुनुभन्दा अगाडिको बीचको समय विभिन्न किसिमका रोगका लागि अनुकुल समयको रुपमा हेरिने गरिएको छ । विभिन्न किसिमका महामारी, हैजा, बर्डफ्लु, स्वाईन फ्लु, डेंगु, स्क्रब टाईफस (scrub typhus) जस्ता रोगका जीवाणुहरुका लागि यो मौसम अनुकुल रहेको मानिँदै आएको छ । विशेषगरी... पुरा पढ्नुहोस

नेपालमा एकैदिन ४२५ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं ३२ जेठ । नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आईतवार थपिएका संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५... पुरा पढ्नुहोस

ब्यवसायिक बाख्रापालनमा ब्यस्त युवा

  म्याग्दी, ३२ जेठ । स्वदेशमा सम्भावना नदेखेर विदेश गएका म्याग्दीका युवाहरु सहज काम र काम अनुसारका तलव नपाएपछि गाउँ फर्किएर विभिन्न पेशामा अगालेर मेहनत र परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समाज देखाएका छन् । ७ बर्षअघि विदेशबाट फर्किर स्थानीयजातका बाख्रा किनेर म्याग्दीका रघुगंगा गाउँपालिका –२ ओखरबोटका... पुरा पढ्नुहोस