कालीगण्डकी नदीमा टिप्परसहित बेपत्ता चालकको शव भेटियो
- ३१ असार २०७७, बुधबार
- 2286 पटक पढिएको
म्याग्दी, ३१ असार । मंगलबार बेलुका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ गुइठेबाट कालीगण्डकी नदीमा बेपत्ता भएका टिप्पर चालकको शव शोही गाउँपालिकाको रातोपानीमा भेटिएको छ ।
गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर टिपरसहित कालीगण्डकीमा बेपत्ता म्याग्दीको मंगला गाउपालिका– ५ छिसबाङका ज्ञानबहादुर पुनको मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ।
रातोपानीस्थित तारको जालीमा अड्किएको शव भुरुङ तातोपानीमा रहेका प्रहरी र स्थानीय युवाहरुको सक्रियतामा उनलाई निकालेका हुन् । टिपर घारखोला जलविद्युत आयोजनाको निर्माणस्थलमा सामग्री ढुवानी गर्दै आएको थियो ।