मराङ र विमका पहिरो पीडितको लागि मोना बेल्जियमद्धारा २ लाख ११ हजार आर्थिक सहयोग

  • १ श्रावण २०७७, बिहीबार
  • 1397 पटक पढिएको

म्याग्दी, १ साउन । मोना बेल्जियमद्धारा विम र मराङका बाढी र पहिरो पीडितलाई २ लाख ११ हजार २७२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक र महासचिव प्रदीप थापा सुमन लगायतको सक्रियतामा संकलित रकम मोना आईसिसिका उपाध्यक्ष सुर्य भट्टचनले ओम कुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गरेका हुन् ।


बाढी पीडितका लागि मोना बेल्जियमबाट संकलित रकम कोषले खडा गरेको ओमकुमारी शान्ति विपत कोषमा जम्मा भएको छ । असार २५ गते आएको बर्षासंगै बाढी र पहिरोले धौलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ मराङका पहिरोबाट विचल्लीत र विस्थापित परिवारलाई पुर्नबास लगायतको क्षेत्रमा सहयोग गरिने कोषले जानकारी दिएका छन् ।

आर्थिक सहयोग संकलन अभियानमा परोपकारी संस्थाले खडा गरेको विपत कोषमा हालसम्म ५ लाख भन्दा बढी संकलन भएको कार्यालय सचिव डकबहादुर रोकाले जानकारी दिए ।
बाढी पहिरोबाट जिल्लामा विस्थापित भएका परिवारलाई आर्थिक संकलन गरेर कोषले सहयोग हस्तान्तरण गर्दै आएको छ ।