पिप्लेमा वृक्षारोपण

  • ३१ असार २०७७, बुधबार
  • 1539 पटक पढिएको

म्याग्दी, ३१ असार । राष्ट्रिय वृक्षारोपण बर्ष २०७६/०७७ अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा कल्की, कपुर र धुवीका विरुवाहरु बुधबार रोपिएको छ । डिभिजन वन कार्यालय र रघुगंगा सव–डिभिजन वन कार्यालयको आयोजनामा बृक्षारोपण आयोजना गरिएको हो ।


फरेस्टर रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा विरुवा रोपेर वृक्षारोपण बर्ष मनाईएको थियो । पिप्लेमा खाली पाखोमा बहुमूल्य कल्की १५ वटा, कपुर १५ वटा र धुवी २५ वटा विरुवा वृक्षारोपण गरिएको फरेष्टर शर्माले बताए ।


वृक्षारोपण कार्यक्रममा अध्यक्ष भण्डारीले समुदायलाई राम्रो आम्दानी हुने बहुमूल्य बृक्ष पाखो खेतबारीमा लगाउन रघुगंगाबासीलाई आग्रह गरेका छन् । उनले बजारमा राम्रो माग भएको र भौगोलिक हावापानी अनुसार हुने वृक्ष छनोट र वृक्षको महत्व बुझाउन वन कार्यालय लाग्नुपर्ने बताए । समुदायलाई फाईदा पुग्ने वृक्ष संरक्षण गर्न स्थानीयलाई आग्रह समेत गरेका थिए ।


कार्यक्रममा वडा अध्यक्ष जीवनकुमार मल्ल, रघुगंगा माविका प्रअ रमेशसिहँ ठकुरी र रघुघाट सल्लेरी सामुदायिक वन उपसमितिका पुर्व अध्यक्ष रुद्र रिजाल लगायतको उपस्थित वृक्षारोपण कार्यक्रममा रहेको थियो ।