नौलीबराह देखि खान्जोलासम्म पक्की सिचाई कुलो निर्माण

  • ३० असार २०७७, मंगलवार
  • धिरन खत्री
  • 2721 पटक पढिएको

म्याग्दी, ३० असार । खेतीयोग्य जमिनमा बर्ख हिउदँमा पनि सिचाई ब्यवस्था मिलाउन म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुईसेमा पक्की सिचाई कुलो निर्माणलाई प्राथमिकता दिएको छ । राखुस्थित साझपानी सिजलगाउ, देउपुर्ण क्षेत्रमा रहेका उर्भर भूमिमा बाह्ै महिना ब्यवसायिक कृषि खेतीका लागि सिचाई ब्यवस्था मिलाउन प्रदेश सरकारको बजेट मार्फत पक्कि नहर निर्माण सुरु गरिएको हो ।


गण्डकी प्रदेश सरकार अन्तरगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीबाट विनियोजित २० लाख बजेट मार्फत रुईसेस्थित नौलीबराह मन्दिरदेखि खान्जोलासम्म यसबर्ष २ सय ८५ मिटर पक्की कुलो निर्माण गरिएको रुईसे सिचाई उपभोक्ता समितिका अध्यक्ष अमित भण्डारीले बताए ।


भञ्ज्याङ खोलाको पानी लिएर साझपानी, सिजलगाउँ र देउपुर्ण क्षेत्रको उर्भरभूमिमा सिचाई ब्यवस्था मिलाउन यस आर्थिक बर्षमा सो कुलो निर्माण गरिएको भण्डारीले बताए । सो बजेट सहित २ लाख ६५ हजार बराबरको जनश्रमदानसहित पक्की कुलो निर्माण गरिएको उनले जानकारी दिए । लगडाउनको समयमा गाउँमा रहेका युवाहरु मिलेर नहर खन्ने सामानहरु बोक्ने लगायतको काम गरेको छौँ, प्रदेश सरकारले आगामी बर्ष प्राथमिकता राखेर बजेटमा निरन्तरता दिन सके पक्की कुलो निर्माणले साझपानी, सिजलगाउँ देउपुर्णका कृषकलाई सहज हुने भण्डारीले बताए ।


ब्यवसायीक खेतीतर्फ उर्भर भूमिलाई प्रयोग प्रदेश सरकारले प्राथमिकता दिएर पक्की नहर निर्माण अघिल्लो बर्षदेखि सुरु गरिएको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए । भञ्ज्याङ खोलादेखि सुरु भएको सिचाई योजना सफल बनाउन आगामी बर्षमा संघ र प्रदेश सरकारमा पहल गर्ने उनले बताए ।ब्यवसायीक तरकारी तथा फलफूल खेतीका लागि बाह्महिना खेतीयोग्य जमिनमा सिचाई आवश्यक मध्यनजर गरेर प्रदेश सरकारले सिचाइ योजनालाई प्राथमिकता दिएर यस क्षेत्रमा बजेट विनियोजन गरेको वडा अध्यक्ष केसीले बताए ।


ब्यवस्थित सिचाई नहुदाँ राखुमा निर्वाहमुखी खेतीले जीवीकापार्जन गर्न गाहे हुदाँ खाद्यान्न आयात हुदै आएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l