९ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

  • ३१ असार २०७७, बुधबार
  • 1331 पटक पढिएको

म्याग्दी ३० असार । म्याग्दीमा नौजना कोरोना संक्रमित थपिएका छन् । रोजगारको शिलशिलासंगै कुवेत, कतार र भारतबाट आएर म्याग्दी बेनीस्थित विभिन्न क्यारेन्टायनमा बसेका ९ जनामा कोरना देखिएको हो


असार २८ गते नमुना संकलन गरि पोखराको प्रयोगशालामा लगेर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरना संक्रमित कुवेतबाट आएका ६ जना, कतारबाट २ जना र भारतबाट आएका १ जनामा कोरना पुष्टि भएको हो । बेनी नगरपालिकाको वडा नम्वरका १ का कतारबाट आएका १८ बर्षका पुरुष, कुवेतबाट आएर म्याग्दी क्याम्पस र माउण्टको क्वारेन्टाईनमा बसेका बेनी नगरपालिका वडानम्वर ४ का २८ र ३० बर्ष पुरुष, म्याग्दी क्याम्पसमा बसेका मालिका गाउँपालिका वडानम्वर १, २, ३ र ५ ठेगना भएका ३३, २५, ४८ र २९ बर्ष ४ जना पुरुष, रघुगंगा गाउँपालिका वडानम्वर ६ का एकजना पुरुष, मगंला गाउँपालिका वडानम्वर ५ का एक जना पुरुषमा कोरना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमण पुष्टि भएका सबैलाई खुलामञ्चमा रहेको आइसोलेसनमा राखिएको छ ।


हाल सम्म म्याग्दीबाट पिसिआरका लागि जम्मा ५६० वटा नमुना संकलन गरिएकोमा सबै जनाको रिपोट आएको निमित्त कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् । म्याग्दी जिल्लामा जम्मा संक्रमित संख्या ३४ पुगेको छ, जसमध्ये ५ महिला २९ पुरुष रहेका थिए । २० जना संक्रमित निको भएर घर गएका छन्