ताजा अपडेट

संकटमा घरधनीको साथ : बेनी बिरेन्द्रचोका गौतम परिवारद्धारा एक महिनाकोे घर भाडा मिनाहा

म्याग्दी ११ चैत । पछिल्लो समय विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोकका एक घरधनीले चैत महिनाको भाडा मिनाहाको घोषणा गर्नुभएको छ । कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउनको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट ब्यवसाय गर्ने र कोठामा बस्नेलाई घरधनी हिराकुमारी गौतमले एक महिनाको... पुरा पढ्नुहोस

कोरोना कहरः म्याग्दीमा आजदेखि एक साता निषेधाज्ञा जारी, अवज्ञा गरे कारबाही (भिडियो सहित)

म्याग्दी, ११ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन म्याग्दीमा उच्च सतर्कता अपनाइएको छ । सोमबार अत्याबश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरेको जिल्ला सुरक्षा समितिले मंगलवार जिल्लामा निषेधाज्ञा नै जारी गरेको छ । आज विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसहरु घरबाहिर निस्कने संख्या बढेपछि एक... पुरा पढ्नुहोस

कोरोना संक्रमण रोक्न म्याग्दीमा भित्रनेको चेकजाँच सुरु

म्याग्दी १० चैत । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर म्याग्दीमा भित्रिने सर्वसाधारणहरुको चेकजाँच गर्न सुरु गरिएको छ । सोमबार बसेको सर्वदलिय बैठकले जिल्लामा कोरोना संक्रमण फैलन नदिन जिल्ला स्थित सुरक्षा समितिलाई लकडाउनको निर्णयसंगै जिल्लाको विभिन्न नाकाहरुमा एकिकृत चेकपोष्ट स्थापना गरिएको छ । बेनीको कालिपुलमा स्वास्थ्य सहायता कक्ष हेल्थ... पुरा पढ्नुहोस

भोलिदेखि नेपाल लकडाउनः घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाण्डौ, १० चैत । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि आजरातिदेखि नै ‘लकडाउन’ (भिडियो सहित)

म्याग्दी, १० चैत । कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलन नदिन म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि ‘लकडाउन’ गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले आज (सोमबार) राती १० बजेदेखि नै जिल्लामा कोरोना सतर्कता अपनाउँदै लकडाउन गर्नको लागि सुरक्षा समितिलाई सुझाब दिने... पुरा पढ्नुहोस

काठमाडौंमा कोरोना संक्रमित भेटिए

काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली* विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको... पुरा पढ्नुहोस

जेसीजद्धारा बेनी बजार सरसफाई, सेना र प्रहरीलाई मास्क र सेनीटाइटर सहयोग

  म्याग्दी, ९ चैत । म्याग्दी जेसीजले आईतबार बेनीबजार सरसफाई, जिल्ला प्रहरी कार्यालय र अर्थुङ्गेको श्रीबक्स गुल्मका सैनिकलाई मास्क, पञ्जा र सेनीटाइजर सहयोग गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिने र जोगाउने उद्देश्यले जेसिजको आयोजना र नेपाली सेनाको सहयोगमा बेनीबजार सरसफाई गरिएको हो । जिल्ला प्रहरी कार्यालयलाई १३०... पुरा पढ्नुहोस

नगरपालिकाभित्रको पर्यटकियस्थलमा गुरुयोजनाविहिन पुर्वाधार विकास

धिरन खत्री म्याग्दी, ९ चैत । पर्यटकियस्थलको योजनाबद्ध रुपमा पुर्वाधार विकास लागि बेनी नगरपालिकाले गुरुयोजना बनाउन सकेको छैन् । गण्डकी प्रदेशले २०१९ देखि २०२२ सम्म पर्यंटन बर्ष मनाउन बेनी नगरपालिकाले मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा पर्यटन उपसमिति गठन गरिएको छ।      आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने योजनाबद्ध पुर्वाधार विकासमा नगरपालिकाले बेवास्ता... पुरा पढ्नुहोस

लागू औषध प्रयोगमा १५ देखि २० वर्ष उमेरका युवा बढी

धिरन खत्री म्याग्दी, ९ चैत ।   म्याग्दीमा पछिल्लो समय लागू औषध प्रयोगको संख्या बढेको छ । लागू औषध प्रयोगमा १५ देखि २०–२२ वर्ष उमेर समूहका युवा बढी संलग्न देखिन्छन् । गाँजा, चरेश, मेडिकल ड्रग्स, नुफिन लगायतका लागू औषध प्रयोगमा युवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।... पुरा पढ्नुहोस

जलजला गाउँपालिकामा कालोपत्रे सुरु

म्याग्दी, ९ चैत । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भेगका जनतालाई यातायात सेवालाई सहज बनाउन सडक कालोपत्रे सुरु गरिएको छ । गाउँपालिकाको वडानम्वर चार अन्तरगत मोहनचोकदेखि फड्केढुंगासम्म ४ किलोमिटर सडकमा कालोपत्रे, ढलान ग्रावेल काम सुरु गरेको हो । यस बर्ष गाउँपालिकाले १करोड ६८ लाख ५५ हजार रुपैयाको ठेक्का माच्छापुच्छे निर्माण सेवासंग... पुरा पढ्नुहोस