कोरोना नियन्त्रणमा रघुगंगा गाउँपालिकाको करिब ७५ लाख खर्च (विवरण सहित)

  • १७ भाद्र २०७७, बुधबार
  • 1639 पटक पढिएको

म्याग्दी १७ भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले चार महिनाको अवधिमा करिब ७५ लाख खर्चिएको छ । गाउँपालिकाले गत चैतदेखि असार मसान्तसम्म कोरोना कोषमा रु १ करोड १० लाख ६६ हजार २५ जम्मा भएको मध्ये कोरोना गतिविधिमा ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार, गाउँपालिकाको विभिन्न योजनाको रकमान्तर गरि रु ७० लाख ५१ हजार ७५०, शिक्षकहरुबाट ५ लाख ७२ हजार ४५६, गण्डकी प्रदेश सरकारले रु ५ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट रकमान्तर गरि २ ७ लाख ९० हजार ४३ रुपैयाँ, कर्मचारीबाट १ लाख ३६ हजार ७ सय ७६ र पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट रु १५ हजार जम्मा भएको थियो ।


गाउँकार्यपालिकाको कार्यालयतर्फ कुल रु १५ लाख ३९ हजार ३०७ खर्च गरेको छ । जस अन्र्तगते थर्मल गन खरिद, मास्क तथा सेनिटाईजर र औषधी खरिदमा रु ४ लाख ७९ हजार २ सय ५ खर्च गरेको छ । त्यसैगरि क्वारेनटाईन निर्माण, त्रिपाल तथा लत्ताकपडा खदिर र सरसफाई सामाग्री खरिदमा रु १ लाख ५२ हजार ९ सय ३९ खर्च गरिएको छ ।


नागरिक सहायता कक्षमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भक्ता, स्वयमसेवक र सुरक्षाकर्मीको खाना तथा खाजा खर्चमा २ लाख ९३ हजार ५४० खर्चिएको रघुगंगाले जनचेतना तथा प्रचार प्रसार, साइनबोर्ड, भित्तेलेखन, सुरक्षाकर्मीको सवारी साधन मर्मत तथा इन्धनमा रु २ लाख ७९ हजार ५४८ खर्च गरेको छ ।


गाउँपालिको आईसोलेन निर्माणमा बेनी अस्पताललाई रु २ लाख ५० हजार, राहत ढुवानीमा ६० हजार ७५ र आरडीटी परिक्षणको खाजा, खाना खर्चमा रु २४ हजार खर्च भएको जनाएको छ । गाडी भाडा, खाजा, खाना, भिटिएम खरिद, सावुन लगायतका सरसफाई सामाग्री खदिरमा रु ४ लाख ५० हजार ३० खर्च भएको छ ।

गाउँपालिकाले वडातर्फ राहत वितरणमा सबैभन्दा बढी खर्च गरेको विवरण सार्वजनिक गरेको छ । सबै वडामा राहत वितरणमा मात्रै रु ४१ लाख ६ हजार ४७६ खर्चिएको गाउँपालिकाले स्वयमसेवक भत्तामा ६ लाख ५० हजार ३१०, स्वयमसेवक र सुरक्षाकर्मीको खाजा तथा विविधमा रु ३ लाख ८० हजार ९ सय ५५ र औषधी खरिदमा ३ लाख ४२ हजार २४ खर्च गरेको छ ।

यसैबिच गाउँपालिकाले चालु आर्थिक बर्षको लागि कोरोनालाई लक्षित गरि रु १ करोड बजेट विनियोजन गरेको छ । गत आबमा खर्च हुन बाँकी ३५ लाख ९६ हजार ९ सय २३ रहेको छ । यस कोषबाट चालु आबमा गाडी भाडा रु १२ हजार २ सय २२ खर्च भएको छ भने बेनी अस्पतालमा औजार उपकरण खरिदमा रु १३ लाख ९५ हजार १७ रुपैयाँ सहयोग गर्ने निर्णय भएको र बेनीको क्वारेनटाइनमा भएको खर्च रु १ लाख ८५ हजार ९५६ भुक्तानी गर्न बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।