कोरना महामारीको समयमा चाडपर्व मनाउँदा भिडभाड नगर्न प्रशासनको अनुरोध

  • १६ भाद्र २०७७, मंगलवार
  • 626 पटक पढिएको

 

म्याग्दी, १६ भदौ । विश्वब्यापी रुपमा फैलिएको कोरना भाईरसको सक्रमण दैनिक रुपमा नेपालमा बढेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले चाडपर्व मनाउने क्रममा भिडभाड नगर्न जिल्लाबासीलाई आग्रह गरेकाे छ । कार्यालयले एक विज्ञप्ती निकाल्दै परम्परागत धर्म सस्कृतिअनुसार भिडभाड गरे चाडपर्व मनाउदाँ कोरना संक्रमण फैलन सक्ने सम्भावनालाई रोक्न जिल्लाबासी सचेत हुन प्रशासनले आग्रह गरेको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले कोरना रोकथामका लागि जिल्लाका राजनीतिक दलहरु, सरकारी÷गैरसरकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था, उद्योगी ब्यवसायी लगायतले सार्वजनिक रुपमा बैठक, भेला सभाहरु, गोष्ठी लगायतका जमघट नगर्न आग्रह गरिएको बताए ।

पारिवारिक रुपमा चाडपर्व तथा उत्सव मनाउदाँ जनस्वास्थ्य मापदण्ड २०७७ लाई पुर्ण रुपमा पालन गरेर मनाउन जिल्लाबासीलाई प्रशासनले आग्रह गर्दै मापदण्ड पुरा नगरेर कोरना फैलाउने कार्य गराउनेलाई सँक्रामण रोग ऐन २०२० अनुसार कारबाही हुने विप्तिमा उल्लेख गरेको छ ।