करेन्ट लागेर महिलाको मृत्यु

  • १७ भाद्र २०७७, बुधबार
  • 601 पटक पढिएको

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका–९ काउलेगौडामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घर नजिकै फूल टिप्ने क्रममा घाइते भएकी २६ वर्षीया शिव चोखाललाई उपचारका लागि बेनी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरका अनुसार विद्युत लिक भएर फूल टिप्ने क्रममा करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ। थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोलीले निरिक्षण गरेको छ ।