नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु

  • १४ भाद्र २०७७, आईतवार
  • 637 पटक पढिएको

काठमाडौं १४ भदौ। पछिल्लो २४ घण्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस्मा ३४८ महिला र ८७३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ।


उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । आज संक्रमीत मध्ये २० जनाको ज्यान गएको छ ।