मनमोहक च्यामली आधार शिविर (फोटो कथा)

  • १५ भाद्र २०७७, सोमबार
  • 1189 पटक पढिएको

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ र धवलागिरि ५ को सिमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविर । कुइनेमंगलेतर्फबाट धवलागिरि हिमालको आधार शिविर जाने पदमार्गले समेटिएको यस क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस सिजनमा यहाँ परम्परागत भेडीगोठ र गाईका गोठहरु रहेका छन् । आँखै अगाडी ठोक्किन आउने धवलागिरि हिमालको मनमोहक दृष्यले लोभ्याउने गर्छ । यहाँ म्याग्दीको कुईनेमंगले र मल्कबाङका स्थानीयले गोठ राख्ने गर्छन । स्बिर : देवान छन्त्याल, म्याग्दीअनलाईन डटकम