म्याग्दीमा थप एक जनामा कोरोना
- १७ आश्विन २०७७, शनिबार
- 1493 पटक पढिएको
म्याग्दी १७ असाेज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । । नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ ।
‘संक्रमितको अवस्था सामान्य रहेको लम्सालले बताउनुभयो । गत बिहीबार म्याग्दीका ३ जनामा कोरोना देखिएको थियो । विदेशबाट आएका उनीहरू बेनीस्थित क्वारेन्टाइनमा बस्दै आएका तीनजनामा कोरोना पुष्टि भएपनि समुदायमा कोरोना देखिएको छैन् । म्याग्दीमा हालसम्म ५ महिला र ४५ जना पुरुषले कोरोना जितेका छन् । म्याग्दीमा कुल संक्रमितकाे संख्या ५४ पुगेकाे छ ।