राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा खड्का चयन

  • १६ आश्विन २०७७, शुक्रबार
  • 1320 पटक पढिएको

म्याग्दी, १६ असोज । नेकपाको भातृय युवा संगठन राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा पुनम खड्का चयन हुनुभएको छ । संगठनका एकताका बाँकी कार्यलाई टुंगाउन बसेको बैठकले म्याग्दीको इन्चार्जमा खड्का र सह–इन्चार्जमा दिनेश केसीलाई जिम्मेवारी दिएको हो ।

तत्कालिन माओवादी जनयुद्धका सहिद परिवारका सदस्य समेत रहेका खड्का तत्कालिन वाईसीएल नेपालको केन्द्रिय सदस्य समेत थिए । तत्कालिन नेकपा एमाले र माओवादीकेन्द्रबिच एकता भएपछि बनेको नेकपाको भातृसंगठनहरुको एकताको कार्य अझै पनि सकिएको छैन् ।

संगठनको जिल्ला संयोजकमा प्रविण शाही र सहसंयोजकमा सन्दिप खत्री चयन गरिसकिएको छ । जिल्लामा पालिका स्तरमा समेत संगठनको एकता अन्र्तगत संयोजक र सहसंयोजकहरुको टुंगा लगाईसकिएको छ ।