२४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए, कोरोना संक्रमण बढ्दो

  • १८ आश्विन २०७७, आईतवार
  • 832 पटक पढिएको

काठमाण्डौ १८ असोज । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण फैलदो क्रममा छ । समुदाय स्तरमा कोरोना फैलन थालेपछि नियन्त्रण बाहिर पुग्ने जोखिम बढेको छ ।