शिव आधारभूत विद्यालयलाई सहयोग

  • २० आश्विन २०७७, मंगलवार
  • 1491 पटक पढिएको

म्याग्दी २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा रहेको शिव आधारभूत विद्यालयलाई एक युवाले सहयोग गर्नुभएको छ । जापानबाट आउनुभएका स्थानीय युवा मेजन गर्बुजाले विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले सो अवसरमा विद्यालयलाई नगद रु १० हजार समेत सहयोग गरेको विद्यालयका शिक्षक बिजय शर्माले जानकारी दिनुभयो ।

पाईजाले सो अवसरमा जापनीज नागरिक हासीमोतोले उपलब्ध गराएको ब्राण्डेट खाजाको सामाग्री समेत बालबालिकाहरुलाई वितरण गर्नुभएको थियो । विद्यालयका प्रअ दिलिप थापा लगायतको उपस्थितिमा सहयोगदाता थापाले सहयोग हस्तान्तरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक एवम् क्लबका अध्यक्ष धनकुमार शेर्पुञ्जाले सञ्चालन र शिक्षक बिजय शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।