बेनीमा ५५ काँग्रेस कार्यकर्तालाई नेकपाले प्रवेश गरायो
- १७ आश्विन २०७७, शनिबार
- 2128 पटक पढिएको
म्याग्दी १७ असोज । म्याग्दीमा नेकपा र काँग्रेसले कार्यकर्ता प्रवेशको होडबाजी चलाएका छन् । शनिवार नेकपा बेनी नगर कमिटीको पूर्ण वैठकको अवसरमा जिल्लाको विभिन्न स्थानबाट काँग्रेस छाडेर ५५ जनाले नेकपा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ ।
प्रवेश गर्नेमध्ये अधिकाँश रघुगंगा गाउँपालिकाको पाखापानी, कुइनेमंगले क्षेत्रका रहेको नेकपा म्याग्दीका प्रचार विभाग प्रमुख बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । प्रवेश गर्नेहरुलाई नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसी लगायत पार्टीका प्रदेश र जिल्ला कार्यालय सदस्यहरुले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।
प्रवेश गर्नेहरुको सूचि