ताजा अपडेट

पहिरो पिडितका लागि अनेरास्ववीयू र राष्ट्रिय युवा संघद्धारा सहयोग संकलन

म्याग्दी ३० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ र अनेरास्ववीयू म्याग्दीले धवलागिरी र मालिका गाउपालिकाका पहिरो पिडितको लागि सोमबार बेनीमा आर्थिक सहयोग संकलन गरेका छन् । राष्ट्रिय युवा संगठनका जिल्ला संयोजक प्रविण शाही, सहसंयोजक सन्दिप खत्री र अनेरास्ववीयूका संयोजक सुवास विश्वकर्माको अगुवाइमा बेनी बजारमा घरदैलो गरेर... पुरा पढ्नुहोस

स्थानीय तहको बजेट टुक्रे योजनामा सिमित

म्याग्दी, २९ असार । म्याग्दीको स्थानीय तहको बजेट टुक्रे योजनामा सिमित छ । बजेट टुक्रे योजनामा सिमित हुँदा दिगो पूर्वाधारको लक्ष्य पूरा नहुने सरोकारहरुले चिन्ता गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा भएको स्थानीय तहहरुको वार्षिक समिक्षा बैठकमा पञ्चवर्षिय योजनाअनुसार दिगो पूर्वाधार लक्ष्य भेटाउन थोरै योजना छनोट गर्दै बजेट... पुरा पढ्नुहोस

म्याग्दी सहकारीद्धारा बाढी पहिरो पीडितलाई ८० हजार रुपैया आर्थिक सहयोग

  म्याग्दी, २९ असार । काठमाण्डौस्थित गोगंवुमा संचालित म्याग्दी बचत तथा ऋण सहकारीद्धारा म्याग्दीस्थित मराङ र विमका बाढी पहिरो पीडितहरुलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । असार २५ गते विहिबार राती भएको अविरल बर्षासंगै आएको बाढी पहिरोले धौवलागिरी गाउँपालिका –६ स्थित मराङमा र मालिका गाउँपालिका–७ स्थित विममा भएको... पुरा पढ्नुहोस

बाढी पहिरोमा बेपत्तामध्ये २७ जनाको शव उद्धार टोलीद्धारा फेला

बेनी, २७ असार । म्याग्दीको धौलागिरि, मालिका र रघुगंगा गाउँपालिकासहित २७ जना ब्यक्तिहरु मृतअवस्था भेटिएका छन् । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा पहिरोमा परेर बेपत्ता भएका २७ जनाको मृत भेटाएको हो । धवलागिरी–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको डिएसपी किरनजंग कुँवरले बताए ।... पुरा पढ्नुहोस

मराङ र विममा २० जनाको शव भेटियो (नामसहित)

म्याग्दी, २७ असार । जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोमा परेर ३३ जना बेपत्ता मध्ये म्याग्दीको धौलागिरि, मालिका र रघुगंगा गाउँपालिकासहित २० जनाको शब भेटिएको छ । जनप्रतिनिधि, स्थानीय युवाहरु र उद्धार र सुरक्षा टोलीद्धारा पहिरोमा पुरिएका २० जनाको शब भेटाएको हो । धौलागिरि गाउँपालिकाको मराङ ११ र मालिका गाउँपालिका विममा... पुरा पढ्नुहोस

बेपत्ता १९ जनाको शव भेटियो, १४ जना अझै बेपत्ताको खोजी कार्य निरन्तर

म्याग्दी, २७ असार । जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोमा परेर ३३ जना बेपत्तामध्ये १९ जनाको शब भेटिएको छ, १४ जना अझै बेपत्ता रहेका छन् । धौलागिरि गाउँपालिका– ६ मराङमा २१ जना बेपत्तामध्ये ११ जनाको शव भेटिएको छ भने १० जनाको शव अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बतााएको छ।... पुरा पढ्नुहोस

मल्कवाङका युवाहरु मिलेर उद्धारका लागि मराङमा पुगे

म्याग्दी, २७ असार । धौलागिरी गाउँपालिका– ५ मल्कवाङका युवाहरु मिलेर क्षतिग्रस्त क्षेत्र मराङमा उद्धारका लागि पुगेका छन् । अविरल बर्षासंगै शुक्रबार आएको बाढी र पहिरोले धौलागिरि गाउँपालिका– ६ मराङमा ठुलो क्षति पु¥याएपछि बेपत्ताको खोजी र उद्धारका लागि छिमेकी वडा ५ स्थित मल्कवाङका वडाअध्यक्षसहित युवाहरु र आमासमुह मिलेर मराङ पुगेका हुन्... पुरा पढ्नुहोस

पहिरोमा घाईते गर्भवतिको उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पताल

म्याग्दी, २७ असार । अविरल बर्षासंगै आएको पहिरोमा परेर घाईते भएका तिनजनालाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । बेनीमा सामान्य उपचारपछि जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङकी घाईते गर्भवति महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पतालमा लगिएको छ । पहिरोमा घाईते मराङकी २२बर्षिय गर्भवति महिला मञ्जीला श्रीपाली... पुरा पढ्नुहोस

घाईते उद्धारका लागि मराङमा पुग्यो हेलिकप्टरः २३ जना बेपत्ता १० जनाको शव भेटियो

म्याग्दी, २७ असार । जिल्लाको धौलागिरि गाउँपालिका– ६ मराङमा पहिरो र बाढीमा परेर घाईते भएकाको उद्धारका लागि प्रमु एयरको हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टर मराङमा पुगेको छ । बेपत्ताको खोजी भन्दा घाईतेहरुको उपचारका लागि उद्धार गर्न लागिएको मराङका वडाअध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् । शुक्रबार खराव मौसमका कारण उद्दार... पुरा पढ्नुहोस

म्याग्दीमा ३१ बेपत्ता ३ को मृत्यु

  म्याग्दी २६ असार । म्याग्दीमा बाढी र पहिरोले ३ जनाको मृत्यु भएको छ, भने ३१ जना बेपत्ता भएका छन् । अविरल बर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको धौलागिरी,मालिका, रघुगंगा गाउँपालिकामा गरि उक्त मानविय क्षति पु¥याएको हो ।धवलागिरी गापा –६ मराङमा बेपत्ता भएका मध्य दुईजनाको शव फेला परेको जिल्ला प्रहरी... पुरा पढ्नुहोस