मिक्चरमा बेरिएर म्याग्दीका युवाको मुस्ताङमा मृत्यु

  • २० चैत्र २०७७, शुक्रबार
  • 2353 पटक पढिएको

मुस्ताङ २० चैत । राष्ट्रिय गौरवको बेनी–जोमसोम –कोरला सडकअन्तरगत बेनी–जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको छ । सडक खण्डको घरपझोङ गापा –३ स्याङमा म्याग्दीको मंगला गाउँपालिका–४ का २० बर्षिय लालबहादुर रोकाको मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मेसिनमा बेरिएका रोकाको सब मेसिन खोलेर मात्रै बाहिर निकाल्न सम्भव भएको थियो । रोका कोशी एण्ड न्यौपाने कम्पनीले ठेक्का लिएको घरपझोङ गापा –२ र ३ को मार्फा र स्याङको सडकमा काम गर्दै आएका थिए । घटनापछि रोकाको सबलाई परिक्षणको लागि जिल्ला अस्पतालमा राखिएको र आवश्यक अनुसंधान अघि बढाईएको प्रहरीले जनाएको छ ।