बेग र बादुकको भूमे पुजामा साँस्कृतिक चिनारी (तस्बिर र भिडियाे सहित)

  • २० चैत्र २०७७, शुक्रबार
  • धिरन खत्री
  • 2300 पटक पढिएको

 

 

म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेग र बादुकमा भूमे पुजाको अवसरमा आफ्नो मौलिक कलासस्कृति प्रर्दशन गरिएको छ । स्थानीयले परम्परागत भूमे, मण्डली, मनीसिद्ध, मनीभारा लगायतको देउतालाई पुजा गर्दै मौलिक कलासस्कृति देखाएका हुन् ।


पुर्खा देखिनै मगर समुदायले रागो, बोकाँ र कुखुराको बली दिदै भुमेलाई मान्दै आएको भुमे पुजा ब्यवस्थापन समिति बेगका अध्यक्ष खुमबहादु पुर्जाले बताउनुभयो । उनले बर्षको एकचोटी गाउँमा बाली राम्रो होस, पानी समयमै परोस, प्राकृतिक विपद नहोस भन्ने कामनाका साथ भूमे पुजा गर्दै आएको अध्यक्ष पुर्जाले जानकारी दिनुभयो ।


समाजमा सामाजिक सद्भाव आपसी सहकार्य, मेलमिलाप संगै दैविय शक्तिको पुकार गर्दै भुमे पुजालाई उत्सवको रुपमा मनाउने गरिएको बादुकका समाजसेवी लालबहादुर पुर्जाले बताउनुभयो । उहाँको अनुसार हरेक घरधुरीबाट मनोकाँक्षा पुरा हुने विश्वासका साथ भाकलस्वरुप बलिदिने चलन समेत रहेको छ । पुजासंगै भुमेलाई खुशी बनाउन आफ्नो भेषभुषसहित पुख्यौली नृत्य, पञ्चेबाजा र पुखौली नाच र मौलिक लोकभाका समेत प्रस्तुत गर्ने चलन रहदै आएको बादुकका युवा लोकेन गर्वुजाले बताउनुभयो ।


प्रकृति पुजाको रुपमा हरेक बर्षको चैत महिनाको कुनै मंगलबार गरिने चलन रहेको वडा अध्यक्ष विलबहादुर फगामीले बताउनुभयो । उहाँको अनुसार नेपालकै दोस्रो लामो पुल, बादुक जन्मिएका भिसी तुलबहादुर गर्वुजा, बेग र बादुकको पँुख्यौली कलासँस्कृतिलाई संरक्षण तथा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने योजना रहेको वडाअध्यक्ष फगामीको योजना रहेको छ । उहाँले लामो पुल र बेग र बादुकको पुख्यौली कलासस्कृतिको लक्षित गरेर पदमार्ग निर्माण गरिएको र होमस्टे संचालन गर्ने योजना अघि बढेको जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l