रघुगंगा गाउँपालिका अध्यक्ष र काँग्रेस जिल्ला सदस्य भण्डारीद्धयलाई मातृशोक

  • १८ चैत्र २०७७, बुधबार
  • 1957 पटक पढिएको

म्याग्दी १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलाई मातृशोक परेको छ । नेपाली काँग्रेस म्याग्दीका नेता समेत रहनुभएका भबहादुर र काँग्रेस जिल्ला कार्य समितिका सदस्य केवि भण्डारीकी आमा नैनकला भण्डारीको ८६ बर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य समस्याको उपचार पश्चात घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी भण्डारीको मंगलवार राती निधन भएको हो । उहाँका चार छोरा र तीन छोरी रहनुभएको छ । भण्डारीले राज्यले दिने सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको थियो । दिवंगत भण्डारीको बुधवार रघुगंगा गाउँपालिका–३  स्थित कालिगण्डकी नदिको तिल्केनीचौर घाटमा अन्तिम संस्कार गरिएको छ ।