नारच्याङमा १२ जनामा कोरोना संक्रमण पुष्टि

  • १८ चैत्र २०७७, बुधबार
  • 971 पटक पढिएको

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्यूत आयोजनामा कार्यरत १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै कन्ट्याक ट्रेसिङमा परेकाहरु रहेको स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

आयोजनामा कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रसिङमा परेका ७६ जनाकै नमुना संकलन गरि पिसिआर परिक्षण गरिएको थियो । संक्रमित मध्ये १ महिला र ११ जना पुरुष रहेका छन् । यो संगै हालसम्म म्याग्दीमा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।