ताजा अपडेट

अजिङ्गर भिरमा सडक निर्माण भएपछि दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडक उद्घाटन (फोटो फिचर)

म्याग्दी १७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा गौरवको आयोजनाको रुपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विष्फोटक पदार्थको सहायताले सडकको... पुरा पढ्नुहोस

घतानमा मृत अवस्थामा चितुवा फेला

म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सोमबार मृत अवस्थामा चितुवा फेला परेको छ । घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा अन्दाजी तीन वर्षको भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले जनाएको छ । उक्त चितुवाको लम्बाई ६६ इन्च र चौडाई ११ इन्च... पुरा पढ्नुहोस

अक्षयकोषबाट उपचारत विरामीलाई आर्थिक सहयोग

बेनी, १७ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले उपचारत विरामीको लागि संकलन भएको रकम तथा अक्षयकोषबाट प्राप्त ब्याजबाट उपचारत विरामीहरुलाई सहयोग गरेको छ। कोषका अध्यक्ष राजेश शाक्य र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा विरामीलाई सहयोग हस्तान्तरण गरिएको हो । मृगौलामा समस्या भएका बेनी नगरपालिका... पुरा पढ्नुहोस

नृत्य प्रतियोगितामा बिजेता कृष्टिनालाई जन्मथलोमा भब्य सम्मान (फोटो फिचर/ भिडियाे)

https://www.youtube.com/watch?v=h_FFnG9KdJk   म्याग्दी १६ फागुन । मेघा एफएमद्धारा पोखरामा आयोजित अल नेपाल गट ट्यालेन्ट नृत्य प्रतियोगितामा बिजेता बन्न सफल रघुगंगा गाउँपालिका–६ कोटगाउँकी कृष्टिना पुन (लिया) लाई भव्य सम्मान गरिएको छ । वडा कार्यालयद्धारा पुनको सम्मानमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, वडा... पुरा पढ्नुहोस

काठमाण्डौमा रहेका म्याग्दीका कम्युनिष्टहरुले गरे यस्तो आह्वान (विज्ञप्ती सहित)

म्याग्दी १६ फागुन । काठमाण्डौमा बसोबास गर्ने र नेपाल कम्युनिष्ट पार्टीको वर्तमान र विगतमा विभिन्न कमिटीमा बसेर जिम्मेवारी सम्हालेका नेताहरुले सर्वोच्चको फैसलाले सरकारको संसद विघटन गर्ने असंवैधानिक ठहर गरेकाले पार्टीको मुल धारमा समाहित भएर कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गरेका छन् । प्राध्यापक डाक्टर हुमबहादुर बरुवाल, यामबहादुर श्रेष्ठ, गोविन्द प्रसाद सुवेदी,... पुरा पढ्नुहोस

बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण 

थम्मन थापा फागुन १६ बागलुङ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रिय विद्युत प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने निर्णय

बेनी, १६ फागुन । म्याग्दीको गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ । शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग गर्ने... पुरा पढ्नुहोस

प्रचण्ड–नेपाल समुह नेकपाको ताकममा सभा

ताकम, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका कमिटिले सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्नुहुदै नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले बिदेशीको इशारामा जनमतको... पुरा पढ्नुहोस

खुल्लामञ्चको स्तरोन्नती अलपत्र

म्याग्दी, १५ फागुन । सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको स्तरोन्नती अलपत्र भएको छ । चालु आर्थिक बर्षमा जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिले मञ्चको पुर्वाधार निर्माणमा बजेट विनियोजन नगर्दा खुल्ला मञ्च अलपत्र बनेको हो । मिनि स्टेडियम बनाउने जनप्रतिनिधिको भाषण अनुसार बजेट विनियोजन नगर्ने र जिल्ला खेलकुद विकास समिति नेतृत्व विहिन हुदाँ... पुरा पढ्नुहोस

मगर स्थापना दिवसको अवसरमा बालगहृलाई खाद्यान्न सहयोग

म्याग्दी, १५ फागुन । ३९ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ म्याग्दीले बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । शनिबार संघले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैया बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । एकता दिवसमा संघकी अध्यक्ष डकमाया पाईजा लगायतको उपस्थितमा संगठनका... पुरा पढ्नुहोस