ताजा अपडेट
रघुगंगाको मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास
- 4 बर्ष, 3 महिना अगाडि
- १० मंसिर २०७७, बुधबार
म्याग्दी, १० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयले उपयुक्त स्थानमा निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा... पुरा पढ्नुहोस
हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक (भिडियाे सहित)
- 4 बर्ष, 3 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । लोक गायक एबं संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो । गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार... पुरा पढ्नुहोस
गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने मौवाफाँटमै अस्पताल बनाउन ध्यानकर्षण
- 4 बर्ष, 3 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा ‘‘एक स्थानीय तह एक अस्पताल’ योजना अन्तर्गत निर्माण गर्न लागिएको अस्पताल गाउँपालिकाको केन्द्रमै बनाउनुपर्ने भन्दै स्थानीयबासीले दबाब दिएका छन् । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगमा जग्गा नापजाँच लगायतका प्रकृया अगाडी बढाएपछि मंगलवार स्थानीय युवा... पुरा पढ्नुहोस
हाते ट्याक्टरले खुट्टामा गम्भिर चोट लागेका साझापानीका भण्डारीको उपचारमा सहयोगको अपिल
- 4 बर्ष, 3 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले काटेर खुट्टामा गम्भिर चोट लागेर उपचाररत युवाको परिवारले सहयोगको अपिल गरेका छन् । गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा... पुरा पढ्नुहोस
म्याग्दीकी १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा
- 4 बर्ष, 3 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले मंगलबार सार्वजनिक गरेको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनाले पछिल्लो समय बेवारिसेहरु शव जलाउने काम गर्छिन् । बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी... पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनाे
- 4 बर्ष, 3 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
कमल खत्री म्याग्दी ९ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोड्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाउनुभएको हो । मित लगाउने बिषयमा पहिले... पुरा पढ्नुहोस
मोना यूकेले रघुगंगाका बाढीपहिरो पीडितलाई डेढ लाख सहयोग
- 4 बर्ष, 3 महिना अगाडि
- ८ मंसिर २०७७, सोमबार
म्याग्दी ८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेले डेढ लाख आर्थिक सहयोग गरेको छ । सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई उक्त सहयोग हस्तान्तण गरिएको हो । यसबर्षको अविरल... पुरा पढ्नुहोस
झिँ-बुग्ल जोड्ने रघुगंगा नदिमा पुल निर्माण,राहुघाट जलबिद्युतको बाँध सिधा सडक सञ्जालमा जोडियो
- 4 बर्ष, 3 महिना अगाडि
- ८ मंसिर २०७७, सोमबार
कमल खत्री म्याग्दी ८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधतर्फ जाने रघुगंगा नदिमा मोटरेवल पुल निर्माण भएको छ । वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ को झिँ जोड्ने गरि रघुगंगा नदिमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल... पुरा पढ्नुहोस
बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- 4 बर्ष, 3 महिना अगाडि
- ८ मंसिर २०७७, सोमबार
बागलुङ ८ मंसिर । बागलुङमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार पीक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालीचौरतर्फ जाँदै गरेको लु १ ज ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा २१ वर्षीया टेकमाया राना र... पुरा पढ्नुहोस
घाइते भइ स्वास्थ्य सेवा लिइरहेका रिजालको उपचारमा राखु समाज अष्ट्रेलियाद्धारा सहयोग
- 4 बर्ष, 3 महिना अगाडि
- ८ मंसिर २०७७, सोमबार
म्याग्दी ८ मंसिर । रुखबाट लडेर गम्भीर घाइते भई पोखरा फेवासिटी अस्पतालबाट स्वास्थ्य सेवा लिईरहेका रघुगंगा गाउँपालिका–३ पिप्लेका २२ बर्षिय अवतार रिजालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले सहयोग गरेका छन् । अध्ययन र रोजगारिको सिलसिलामा अष्ट्रेलियामा पुगेका राखुबासीहरुको संस्था राखु समाज अष्ट्रेलियाको अगुवाईमा रिजालको उपचारमा रु ६१ हजार १ सय ६०... पुरा पढ्नुहोस