धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायूमैत्री कार्यक्रम लागु

  • १२ असार २०७८, शनिबार
  • 1171 पटक पढिएको

साजन परियार
म्याग्दी १२ असार । पर्बतको जलजला गाउँपालिका–७ धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धवलागिरि कृषि कृषक समुह मार्फत कार्यक्रम कार्यान्वयन सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु. चालिस लाख बिनियोजन भएको कार्यक्रम कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बावजुद पनि धमाधम कार्यान्वयन भइरहेको कार्यक्रमको कृषि प्राबिधिक सबिना अधिकारिले जानकारी दिनुभयो ।


प्रदेश सरकारको ८५ र सहकारीको १५ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ उहाँले भन्नुभयो ‘सहकारी मार्फत गोठ सुधार मलखाद व्यवस्थापन तथा तरकारी खेती बिस्तार गर्न लागिएको छ ।’ बिषादी र रासायनिक मलको प्रयोग बिना जैबिक प्रबिधिको प्रयोग गरेर खेती गरि वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारिले जलजला –७ मा कार्यक्रम गर्न सिफारिस गर्नुभएको थियो ।


सहकारी अन्तरगत ८३ घरधुरी कृषकहरु कार्यक्रममा आवद्ध भएका छन् । कार्यक्रम मार्फत कृषि औजार, सामग्री, बिरुवा, बिउ बितरण, प्लास्टिक घर, उद्थ्द्द्य्फ्फ्फुक तालिम सञ्चालन गरिने सहकारीका अध्यक्ष दिपक आचर्यले बाताउनुभयो । ३५ वटा पलास्टिक घर निर्माण गर्ने, ३३ वटा थोपा सिचाई सेट र गोलभेडा, १७ वटा मिनिटेलर हलो (कृषकको सभागिता बढायर )१६ वटा पावर स्प्रे वितरण र भकारो सुधार लगायतका कार्य गरिने आचर्यले बताउनुभयो ।


यहाँ तरकारी उत्पादन भएपछी उपभोक्ताले स्वच्छ तरकारी उपाभोग गर्न पाउनेछ्न । धाईरिङमा उत्पादन भएको तरकारी म्याग्दी , बाग्लुङ र पर्बतको कुस्मामा समेत बिक्रीवितरण गर्दै आईरहेको छ्न । धाइरिङमा नमुना कृषि गाउँ कार्यक्रम लागू भएपछि कृषक हर्सित भएको वडा अध्यक्ष टुंगनाथ शर्माले बताउनुभयो ।