म्याग्दीमा ३३ जना कोरोना संक्रमित पुष्टि

  • १२ असार २०७८, शनिबार
  • 665 पटक पढिएको

बेनी, १२ असार । म्याग्दीमा शनिबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार एन्टीजेन विधिबात गरीएको परिक्षणबाट मंगला गाउँपालिकामा २८ जना, रघुगंगा गाउँपालिकामा १ जना, अन्नपुणर् गाउँपालिकामा ४ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि हो ।
कोरोना संक्रमितको संख्या २३७९ जना पुगेको छ। पिसिआरबाट १ हजार ६१७ जना र एन्टिजेनबाट ७६२ जना पुष्टि भएको हो । जिल्लामा ९२ जना सक्रिय संक्रमित छन् । हालसम्म १५ वटा नमुनाको नतिजा आउन बाँकी छ।