६७ वर्ष पुगे एक्सन स्टार शिव
- १२ असार २०७८, शनिबार
- 1305 पटक पढिएको
काठमाडौं । अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पुगेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा एक्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै फिल्म हिट दिएका छन् ।
४० वर्ष नेपाली फिल्म अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा बङ्गलादेश, पाकिस्तान, श्रीलंका र जापानका गरेर डेढ सयभन्दा बढी चलचित्र अभिनय गरेका छन् । स्वदेशी मात्र होइन विदेशी चलचित्रमा पनि उनले प्रायः एक्सन भूमिका नै निर्वाह गरेका थिए ।
प्राय क्याजुलअल ड्रेस प्रयोग गर्ने श्रेष्ठको धेरै मनपर्ने पहिरन राष्ट्रिय पोसाक दौरासुरुवाल हो । तर उनी जिन्स पाइट, टिसर्ट, सर्ट पाइन्ट धेरै प्रयोग गर्दछन् ।
स्पोर्टस् म्यान
अभिनेता श्रेष्ठ स्पोर्टस् म्यान पनि हुन् । स्पोर्टसमा पनि अलराउन्डर थिए । सबै खेल खेल्थे । भलिबल, फुटबललगायत खेल पहिले धेरै खेल्थेँ । कुस्तीमा राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेका छन् । विराटनगरमा हुँदा एक पटक त गोरखपुरको पहलमानसँग पनि कुस्ती भिडेका थिएँ । काठमाडौँको आरसीटी क्लबबाट समेत फुटबल खेल्थेँ ।
सपना
धेरै पहिलेदेखि कला क्षेत्रमा रहेका उनको नयाँ र राम्रा फिल्म अभिनय जीवनको अन्तिम क्षणसम्म गर्ने सपना छ । चलचित्र क्षेत्र समृद्ध भएको हेर्ने सपना पनि छ ।
साभार राताेपाटी डटकमबाट ।