मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुलीको पहुँच विस्तार

  • १४ असार २०७८, सोमबार
  • 759 पटक पढिएको

म्याग्दी १४ असार । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो ।
प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका दुई सय घरमा विद्युतिकरण भएको छ । यसअघि सोही वडाको खाम्ला,खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा विद्युतिकरण भइसकेको उहाँले बताउनुभयो । केन्द्रीय विद्युत लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय केभिए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको छ । धवलागिरीको ताकम ,मच्छिम ,फलियागाउँ,मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरिएको छ ।

मुना हुँदै मुदी र खाम्ला सम्म बिजुली पु¥याउन मेन लाइनमा एक सय पोल प्रयोग भएको छ । भने मुदीमा वितरण लाइनमा ८२ वटा पोल प्रयोग भएको छ । त्यस्तै मुदीको घना बस्तीमा १४ वटा पोलमा एबीसी केबल मार्फ विद्युत प्रवाह गरिएको छ । मुदीमा सडक विस्तार नहुँदै धवलागिरी गाउँपालिकाले बिसं२०७६ पहिलो हप्ता हेलिकीटरबाट दुई वटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसंगै उज्यालोको लागि सोलार ,मट्टीतेलको टुकीमा निर्भर हुने बाध्यता हटेको स्थानीय बिजय घर्ति मगरले बताउनुभयो ।nघरायसी काम,विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उहाँको भनाई छ । धवलागिरी गाउँपालिकाको उज्यालो पालिका कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो ।

 

उहाँका अनसुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन,लघुजलविद्युत र सौर्य उर्जा मध्य एक माध्यमबाट विद्युत सुबिधा पु¥याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुन मगरको भनाई छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरको वडा नम्बर ७ ,वडा नम्बर ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिबार मुदीको धलडाडाँमा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत विस्तार गरिएको छ ।

कात्तिक २०७६ मा वडा नम्बर २ लुलाङमा गाउँपालिकाले लघुजलविद्युत परियोजनामा ५० लाख रुपैयाँ र वडा नम्बर ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन अन्जिओको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकरण गरिएको छ । सोही अमेरिकन संस्थाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ चेचुङमा १६ किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकण गरिएको छ । सोही वडाको खिबाङमा कादुरी संस्थाको सहयोगमा २० किलोवाटको लघुजलविद्युत परियोजनाबाट विद्युत विस्तार गरिएको छ । गाउँपालिकाले पोल खरिदका लागि बुल सम्म ३० लाख रुपैयाँ ,वडा नम्बर ७ धारापानीमा ४० लाख र ताकममा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी गुर्जा ,मल्कबाङ र मराङमा लघुजलविद्युत परियोजनाबाट विद्युतीकरण गरिएको छ