ताजा अपडेट

माओवादी केन्द्रद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी ७ असार । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सघाउन नेकपा (माओवादी केन्द्र) म्याग्दीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुको लागि माओवादी केन्द्रले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । पार्टी केन्द्रिय कार्यालयबाट प्राप्त स्वास्थ्य सामाग्रीलाई युवा र विद्यार्थी संगठनहरु मार्फत विभिन्न वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा पठाउन... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित

म्याग्दी, ८ असार । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ ।गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो । चालुतर्फ ३१... पुरा पढ्नुहोस

रघुगंगामा ५३ करोड बढीको बजेट पारित, शिक्षा,पूर्वाधार र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

म्याग्दी ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको... पुरा पढ्नुहोस

सडक सुचारु गराउन श्रमदान ( फोटो कथा)

बेनी, ७ असार । म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडक यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र... पुरा पढ्नुहोस

नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रियो

म्याग्दी ६ असार । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ । कोरोना नियन्त्रणको लागि जारी गरिएको लकडाउन र अबिरल बर्षाको कारण अस्तव्यस्त बनेको सडक समस्याका बिच पनि जिल्लामा नयाँ शैक्षिक सत्रका लागि आबश्यक पर्ने पाठ्यपुस्तक भित्रिएको हो ।म्याग्दीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिले सामुहिक... पुरा पढ्नुहोस

पछैमा रामायण पार्क निर्माण हुँदै

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान )निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा... पुरा पढ्नुहोस

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

काठमाण्डौ ६ असार । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीद्धारा विपद राहत कोष उपसमित गठन, क्रियाशिल सदस्यको छानबिन गर्ने

म्याग्दी ५ असार । नेपाली काँग्रेस म्याग्दीले पछिल्लो समय लगातार परेको अविरल बर्षाले क्षेती गरेका घरपरिवारलाई राहत र विपदमा आईपर्ने समस्याका लागि उद्धार गर्न उपसमिति गठन गरेको छ ।शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेपाली काँग्रेस दैबिप्रकोप उद्वार तथा राहत कोष उपसमिति गठन गरेको छ । पूर्ब उपसभापती नेत्र बहादुर... पुरा पढ्नुहोस

आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप घट्यो

असार, ५ काठमाडौं । कोभिड(१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् । संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू... पुरा पढ्नुहोस

अबिरल बर्षाको कारण चेचुङ्गमा नवनिर्मित खेलमैदान भत्कियो

म्याग्दी ४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ चेचुङ्ग गाउँमा निर्माण भएको खेलमैदान बर्षातको कारण भत्किएको छ । करिब रु १० लाख लगानीमा स्थानीय जनशक्ति युवा क्लबको अगुवाईमा निर्माण भएको खेलमैदान भत्किएको हो । दुई महिना अघि मात्रै निर्माण सम्पन्न भएको खेलमैदान भत्किएपछि समस्या भएको क्लबका सल्लाहकार सदस्य भमबहादुर घर्तिले जानकारी... पुरा पढ्नुहोस