मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि

  • १५ असार २०७८, मंगलवार
  • 923 पटक पढिएको

बेनी, १५ असार । म्याग्दीमा मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट २६ जना एन्टीजेन विधिबाट ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट बेनी नगरपालिकामा १० जना र गाउँपालिका अन्तरगत मंगलामा ६ जना, रघुगंगामा ४ जना, अन्नपुणर् ३ जना र पर्वतको जलजलामा ३ जना गरी २६ जना संक्रमित पुष्टि भएका हुन् । त्यस्तैै एन्टीजेन विधिबाट गरिएको धौलागिरीमा १ जना, मंगलामा २ जना र रघुगंगामा ४ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २४५३ जना पुगेको छ । पिसिआर विधिबाट १६५२ जना र एन्टिजेनबाट ८०१ संक्रमित पुष्टि भएका छन् । जिल्लामा १५२ जना सक्रिय संक्रमित छन् । मंगलबार १० जना संक्रमित निको भएका छन् ।