दानाको मोतिचौर बराहमा १०८ धारा निर्माण (तस्बिर सहित)

  • १४ असार २०७८, सोमबार
  • 1697 पटक पढिएको

अमित बिश्वकर्मा,
म्याग्दी १४ असार । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एबँम पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो ।


अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित रु आठ लाख, देश तथा बिदेशमा रहेका दाना बासीहरुबाट प्राप्त सहयोग रु एघार लाख र रु ३ लाख बराबरको स्थानीयको श्रमदान गरि कुल २० लाखको लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगा बहादुर थापाले बताउनु भयो । मोतीचौरमा शिद्घ र बराहको मन्दिर रहेको छ । यहाँ प्रत्यक बर्ष जनै पुर्णिमाको अबसरमा बिशेष पुजाआजा हुने गर्दछ । जिल्ला र जिल्ला बाहिरका भक्तजनहरुले आफ्नो मनोकाक्षाँ पुरा गर्नका लागि बली सहित त्यहाँ भाकल तथा पुजा गर्न आउने गर्दछन ।


सन्तान नभएकाहरुलाइ सन्तानको बर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढि महत्व रहेको मोतिचौर बराहका संरक्षक टेक बहादुर थापाले बताउनु भयो । बली नदिइ पुजा गर्नेहरुका लागि १०८ धाराको नजिकै लक्ष्मी नारायणको मन्दिर समेत निर्माण भइरहेको छ ।मोतिचौर बराहका संरक्षक टेक बहादुर थापा, लेफ्टिनेन्ट बेल बहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपुर्ण गाउँकार्य पालीका सदस्य थम बहादुर बिश्वकर्मा लगाएतको पहलमा उक्त धारा निर्माण गरिएको हो ।

पबित्र धार्मिक स्थलमा भक्तजनहरुलाइ आकर्षित गर्न र आन्तरिक पर्यटनलाइ पनि प्रबद्र्घन गर्नका लागि गाउँपालिका बाट बजेट माग गरि धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिब गंगा पुनले बताउनुभयो । यसले सो क्षेत्रको बिकास र प्रचारमा थप सहयोग पुग्ने पुनको भनाइ छ ।

भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतिचौरमा धारा निर्माणका लागि युके लगाएत बिदेशमा रहेका दाना बासीहरुबाट करिब एघार लाख रुपैया सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानकर्ता लेफ्टिनेन्ट बेल बहादुर पुर्जाले बताउनुभयो । उहाँका अनुसार, हिउँदमा पनि नसुक्ने १०८ वटा मुलहरु बाट पानी ल्याइएकोले पनि यो धाराको बिषेश महत्व रहेको छ ।


यहाँ स्नान गर्ने भक्तजनहरुको मन शुद्घ हुने र चिताएको पनि पुग्ने बिश्वास लिइएको छ । मोतिचौरको धार्मिक पर्यटनलाइ बिकास गर्नका लागि यसै बर्षदेखि नै दाना, घट्टेखोला, डाँडागाउँ देखि कुलीबाङ्ग हुँदै द्वारी मोतिचौर पुग्ने सडक खन्न सुरु गरिएको छ । सो सडकलाइ निरन्तरता दिनका लागि आगामी आर्थिक बर्षमा पनि वडा बाट पन्ध्र लाख रुपैया बजेट बिनियोजन गरिएको अन्नपुर्ण गाउँपालीका ३ दानाका वडा अध्यक्ष नरसिङ पुनले जानकारी दिनुभयो ।


धारा निर्माण संगै आबश्यक पुबार्धार निर्माणतर्फ समितिले जोड दिएको छ । स्नान पश्चात कपडा फेर्ने ठाउँ, महिला पुरुष शौचालय, ब्यबस्थीत घेराबार, पानीको मुहानको उचित संरक्षण, शिद्घ र बराह मन्दिर मर्मत, प्रबेश द्वार निर्माण लगाएतका काम गर्न आबश्यक रहेकोले वडा, पालीका र देश बिदेशमा रहेका दाना बासीहरुलाइ सहयोगको आब्हान गरिएको उपभोक्ता समितिका सचिब पुनले बताउनुभयो ।