रुइसेबाट देखिएको रोमाञ्चक रुप (फोटो कथा)

  • १७ असार २०७८, बिहीबार
  • 1137 पटक पढिएको

म्याग्दी १७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेमा निर्माण गरिएको भ्यू टावर । रघुगंगा गाउँपालिकाले निर्माण गरेको यस भ्यू टावरबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छे लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

यस टावरबाट रघुगंगा गाउँपालिकाको अधिकाँश भूगोल संगै बेनी बजारको सुन्दर दृष्य सहित म्याग्दी, पर्वत र बागलुङका ग्रामीण भुगोललाई समेत नियाल्न सकिन्छ । रुइसे धवलागिरि आइसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य समेत हो । तस्बिरः कृष्णराज पौडेल