सरकार विरुद्ध बेनीमा विद्यार्थी संगठनको विरोध प्रदर्शन

  • १६ असार २०७८, बुधबार
  • 878 पटक पढिएको

म्याग्दी, १६ असार । विभिन्न दल निकट म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध विरेन्द्रचोकमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एमोल पार्टी (माधव पक्ष) अनेरास्ववियू लगायतले संयुक्त रुपमा सरकारका गलत कदम विरुद्ध सांकेतिक रुपमा विरोध प्रर्दशन गरेका हुन् ।


कोभिड–१९ संक्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाउदै विद्यार्थी संगठनले लगडाउनको समयमा शुल्क लिने नीजि शैक्षिक संस्थालाई कारबाहीको माग, खाद्यान्नमा भएको चर्को मूल्य वृद्धिको नियन्त्रण, जातीय विभेदको संरक्षणकर्ता विभेदकारी शिक्षा मन्त्रीको राजीनामा, असंवैधानीक संसद विघटन खारेज लगायतको माग गर्दै सांकेतिक विरोध कायक्रम गरेको अनेरास्ववियू क्रान्तिकारीका नेता रेशम कटुवालले बताए ।