निषेधाज्ञा उलंघन गर्ने ११ सवारीसाधनलाई कारबाही

  • १७ असार २०७८, बिहीबार
  • 721 पटक पढिएको

बेनी, १७ असार । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिबार निषेधाज्ञा उलंघन गर्ने ११ वटा सवारीसाधनलाई कारबाही गरेको छ । सदरमुकाम बेनी लगायतका स्थानमा प्रहरीले नियम उलंघन गरेर चलाउने सवारीसाधन नियन्त्रण लिएर कानुन बमोजिम कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जारी गरेको निर्देशनलाई पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेको जनाइएकाे छ। पछिल्लो समय जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएपछि लकडाउनलाई कडा गर्दै गएको छ ।