विहिबार ४२ जनामा कोरोना संक्रमण पुष्टि

  • १७ असार २०७८, बिहीबार
  • 719 पटक पढिएको

बेनी, १७ असार । म्याग्दीमा विहिबार ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा ६ जना र मंगला गाउँपालिकामा ३ जना र पर्वतको जलजला गाँउपालिकामा ३ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।

एन्टीजेन विधिबाट मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५१४ जना पुगेको छ। पिसिआरबाट १ हजार ६६४ जना र एन्टिजेनबाट ८५० जनामा पुष्टि भएको हो ।

जिल्लामा १९० जना सक्रिय संक्रमित छन् भने विहिबार ९ जना कोरोना मुक्त भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जनतालाई सास्तीपुणर् लुजडाउनले कोरोना संक्रमण बढ्दै गएको छ।