म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

  • १७ असार २०७८, बिहीबार
  • 580 पटक पढिएको

म्याग्दी १७ असार । म्याग्दीमा विहिवार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जनामा पिसिआर विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।


त्यसैगरि मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५१४ जना पुगेको छ । हाल जिल्लामा १९० जना सक्रिय संक्रमित हुनुहुन्छ । आज ९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ ।