गण्डकी प्रदेश सभा सदस्य केसीलाई पितृशोक

  • १७ असार २०७८, बिहीबार
  • 791 पटक पढिएको

म्याग्दी १७ असार । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीलाई पितृशोक परेको छ । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित साँसद केसीका बुबा खिमबहादुर केसीको विहिवार विहान आफ्नै निवासमा निधन भएको हो । बेनी नगरपालिका–८ निवासी ६४ बर्षिय केसीका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

केसीका जेठा छोरा मदनको जनयुद्धको क्रममा निधन भएको थियो । शिक्षण लगायतका विभिन्न पेशा समेत अंगाल्नुभएका केसी जनक्रान्ति शहिद परिवार संघ म्याग्दीको संयोजक समेत हुनुहुन्थ्यो । दिवंगत केसीको विहिवार नै बेनी स्थित कालिगण्डकी नदि किनारमा अन्तीम संस्कार गरिएको छ । दिवंगत केसीको पार्थिब शरिरमा नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।