ताजा अपडेट

सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन... पुरा पढ्नुहोस

मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोरोना खोप

सुन्दरकुमार थकाली मुस्ताङ १९ साउन । जोमसोम स् भौगोलिक रुपले अत्यन्तै विकट गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै नागरिक अन्ततः खोपको पहुँचमा जोडिएका छन् । प्रदेशकै सबैभन्दा न्यून जनसंख्या रहेको मनाङ र मुस्ताङका सबै स्थानीय तहका शतप्रतिशत नागरिकलाई खोप लगाउने कार्य पूरा भइसकेको मनाङ र मुस्ताङका स्वास्थ्य कार्यालयले... पुरा पढ्नुहोस

बागलुङमा पौडी खेल्न क्रममा डुबेर युवतीको मृत्यु

बागलुङ १९ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ । घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले जानकारी दिए । उनीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की... पुरा पढ्नुहोस

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

काठमाण्डाै १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले... पुरा पढ्नुहोस

जलविद्युतले बदलिएको गाउँ ‘नारच्याङ’

म्याग्दी १९ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन्। कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन्। निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा... पुरा पढ्नुहोस

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाण्डाै १९ साउन । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो... पुरा पढ्नुहोस

मोना जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन

म्याग्दी १९ साउन । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी सर्वसम्मत रुपमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिनेश पुन,उपाध्यक्षमा करन बोगटी, सचिवमा बिशाल पुन, सह–सचिवमा राहुल तिलिजा, कोषाध्यक्षमा शुसिला फगामी,... पुरा पढ्नुहोस

एभरग्रीन युवा क्लबद्धारा पुल सरसफाई

म्याग्दी १९ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित मोटरेवल पुलहरुमा थुप्रिएको हिलो माटो र फोहोर हटाईएको छ । बेनीमा रहेको एभरग्रीन युवा क्लबको अगुवाईमा क्लबका पदाधिकारी एवम् सदस्यहरुले सोमबार कालिपुलमा रहेको मोटरेवल पुल, हाँडेभिरमा रहेको बेलिब्रिजमा थुप्रिएको हिलो र माटो पन्छाएर सरसफाई गरेका हुन् । त्यसैगरि म्याग्दी कालिगण्डकी नदी मा... पुरा पढ्नुहोस

भगवतीका जीतबहादुर खत्रीको उपचारमा सहयोग गर्न अपिल

म्याग्दी, १८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीलाई उपचारमा आर्थिक समस्या भएको छ । रक्तचाप, प्यारालाइसिस र मुटुको रोगले पीडित भएका ४८ बर्षिय खत्रीलाई उपचारमा आर्थिक समस्या भएको हो । रक्तचाप र प्यारालाईसिस रोगको २०७७ चैत एक गतेदेखि पोखरास्थित हरिखर्क र चरक अस्पतालमा उपचार गराउदै आएको... पुरा पढ्नुहोस

एमालेमा महाधिवेशनको प्रस्ताव

१७ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ ।आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७(२८ मा विधान अधिवेशनको प्रस्ताव गरेको महासचिव ईश्वर पोखरेलले जानकारी... पुरा पढ्नुहोस