म्याग्दीमा सेतो पुतलीका कारण आँखामा समस्या आउने बढे, पोखरा पुगेका एक युवकको ज्योति गुम्यो

  • ३० भाद्र २०७८, बुधबार
  • 2674 पटक पढिएको

म्याग्दी ३० भदौ । म्याग्दीमा सेतो पुतलीका कारण आँखामा समस्या आउनेको सख्ंया बढेको छ । जिल्लामा बिगत ३ सातायता सेतो पुतलीको कारण आँखामा समस्या आउनेहरुको संख्या बढ्दै गएको जनाइएको छ । आँखा मा उक्त पुतलि को झुस परेमा आँखा को ज्योति नै गुम्न सक्ने खाल को दृष्टिनासक रोग सापु (सिजनल हाईपर एक्युट प्यान युभिआईटिस) हुन सक्ने नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।


नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीमा आउने अधिकांश बिरामि हरुमा उक्त पुतलीको संक्रमण देखिएको र आँखा उपचार केन्द्र बाट प्राथमिक उपचार गरि अहिले सम्म चार जना बिरामि लाई थप उपचार का लागि नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखरा पठाईएको अधिकृत बानियाँले जानकारी दिनुभयो । सेतो पुतलि का कारण आँखा मा लाग्ने सापु रोगको समयमै उपचार नगरेमा दृष्टि नै गुम्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बानियाँको भनाई छ ।
सेतो पुतलीको झुस आँखा मा पसेको शंका लाग्ने बित्तिकै तुरुन्त नजिक को आँखा उपचार केन्द्र÷आँखा बिभाग÷अस्पताल मा आँखा जाँच गराउन बानियाँको सुझाब छ । सेतो पुतलीको झुस आँखा मा परेमा आँखा रातो हुने,दुख्ने र आँखा बन्द हुने समस्या देखा पर्ने र यस्ता लक्षण देखिएमा तुरुन्तै ढिला नगरि तत्कालै आँखा जाँच गराउनु पर्ने उहाँको भनाई छ । २४ घण्टा भित्र सेतो पुतलीको झुसको संक्रमण भएका बिरामिलाई आँखा अस्पताल पुर्याएको अवस्था मा आँखा बच्न सक्ने र सेतो पुतलीले आँखा मा पुर्याएको असर को समयमै उपचार नभए आँखा को दृष्टि गुम्न सक्ने खतरा रहेको छ ।
सापु रोग लाग्न बाट बच्न का लागि सेतो पुतलि(मोथ) को संसर्ग बाट टाढै रहने,धेरै उज्यालो,सेतो बत्ति नबाल्ने,साँझ र राति झ्याल ढोका बन्द गर्ने,संभव भए सम्म झ्याल ढोका मा जालि हाल्ने,सुत्ने कोठामा बत्ति निभाएर वा मधुरो बत्ति बालेर झुल भित्र मात्र सुत्ने आदि गरेमा रोकथाम गर्न सकिने र रोग को लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा उपचार केन्द्र÷ बिभाग÷अस्पताल जाने,आफु खुशि कुनै पनि आँखा को औषधि तथा जडिबुटि नराख्ने,आँखा स्वास्थ्यकर्मि हरुको सल्लाह बमोजिम उपचार गर्ने आदि गरेमा नियन्त्रण गर्न सकिन्छ ।

आज भन्दा करिव ४५ बर्ष अघि पोखरामा सेतो पुतलि भिटिएको दावि चिकित्सकहरुको छ । नेपाल मै पहिलो पटक २०३२ साल मा यस रोग देखिएको थियो । त्यस बेला डा.मदन कुमार उपाध्याय ले यो रोग पत्ता लगाउनुभएको थियो । लामो अनुसन्धानपछि डा.उपाध्याय ले यस रोग लाई ’सापु’ नाम दिनुभएको थियो । पोखरामा यस रोग फैलिएपछि आवश्यक अनुसन्धान को लागि काठमाडौं बाट डा.उपाध्याय नेतृत्व को टोलि पोखरा आएर अनुसन्धान गरिएको थियो । यसैबिच म्याग्दी बेनीका १८ वर्षीय युवकको सेतो पुतलीको झुस परेकै कारण आँखाको ज्योति गुमेको छ । आँखा समस्या देखिएपछि उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा पुग्नुभएका युवक अस्पताल आउन ढिलो हुँदा ज्योति गुमाएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. इल्या श्रेष्ठले जानकारी दिनुभएको छ ।