‘अन–लाइन प्रेम’

  • २४ भाद्र २०७८, बिहीबार
  • 1590 पटक पढिएको

रमेश गुरुङ बिप्लव /म्याग्दी । यो जीवनको झन्डै तीस बर्से यात्रामा कहिल्यै कुनै काम सहि र सजिला लागेनन् । आज फुर्सद मिलेको बेला यसो एक छिन घोरियर सोँचेको सबै भन्दा सजिलो काम पत्ता लागेन तर सबै भन्दा गाह्रो काम चाहिँ प्रेम नै हो भन्ने निश्चित भयो । प्रेम त्यो प्रेम कि जुन एक ब्यक्तिले अर्कोलाइ गर्छ । यहाँ मान्छे आफैलाइ प्रेम गर्न सक्दैन अनि अर्कोलाइ कसरी बुझोस र कसरी प्रेम गरोस? जे होस मान्छे हिम्मत हारेको छैन मन भरी स्वार्थ बोकेर म फलानोलाइ र फलानी लाई यति प्रेम गर्छु भन्न छाड्दैन ।

म बच्चा उमेरमा चाहिँ कसैका प्रेम पत्र ओसार पोसार गरेको छु तर मैले प्रेम पत्र ओसार पसार गरेका जोडि हरु कसैको पनि आपसमा बिहे भयन अरु के के भयो मैले जान्दिन । उनी हरुलाइ उन्का प्रेमीहरु याद आउछन या आउँदैनन थाहा छैन । तर मलाइ ती सबै दाइ दिदी काका काकी का अनुहार याद आइरहन्छ्न । ती प्रेमीहरुले मलाइ हुलाकी बनाउनु को एउटै कारण हो मेरो गोपनियता मैले कुनै अर्को व्यक्तिसंग कुरा लगाईन् । जस्ले जहाँ भन्यो त्यही पुर्याइदिए । आज पनि म उहाँ हरुको नाम सार्बजनिक गर्ने वाला छैन है । त्यहा लेखेको अक्षर राम्रो सङ्ग पढ्न नजान्दै प्रेम पत्र बोकि हिड्ने मलाइ प्रेम कुनै नौलो कुरै होइन म पनि कसैलाइ प्रेम गर्छु र कसैले मलाइ प्रेम गर्छ । मेरि प्रेमिकाले कुरै कुरामा भनिन हिजो आजको प्रेम अनलाइन प्रेम हो यस्तो अनलाइन प्रेम तपाइको कति भयो? मेरो पनि नभयको चाहिँ होइन । अचम्म लाग्यो कस्तो अनलाइन प्रेम? प्रेम पनि अनलाइन हुन्छ र ? “नपढेको लाई अन–पढ , ज्ञान नभयकोलाइ अ–ज्ञानि भने झै प्रेममा आफ्नो लाइन नभयको अर्काको लाइनमा भाजो हाल्ने लाई अन–लाइनप्रेम भनिन्छ ।’’ उनले भनिन ।
उनले बुझाए पछि बुझेँ अनि लाग्यो यस्तो अनलाइन प्रेम पहिला पहिला कसैले मलाइ पनि गरेका रैछन अनि मैले पनि । विभिन्न सामाजिक सन्जालमा भेट भयो कुरा गर्यो आकाशको तारा नै झार्यो अनलाइनमा । अनि अश्लिल कुरा गर्यो । अश्लिल तस्विर साटासाट गर्यो यो पनि अनलाइनमा तर बाटोमा भेटिदा आपसमा कसैले चिन्दैनन किन भने क्यामेराले लियको प्रतिबिम्ब र मानिसका आँखाले लिने तस्विर निकै फरक हुँदो रैछ । अनि अनलाइनमा भने एक÷दुई महिना कुरा भै नै रहन्छ अनि नया ब्यक्ति फ्लो गर्छ इन्स्टामा नयाले कमेन्ट गर्छ फेसबुकमा अनि मेसेज गर्छन । यति गर्दा पुरानो सङ्ग साट्नु परने अस्लिलता साटी सकिएका हुन्छन अब गर्नु पर्ने केही बाँकि रहदैन अनि ब्लक लिस्ट मा बस्छन उनी हरु । यसरी फ्लो, कमेन्ट, लव रियाक्ट हुँदै डिएर, मेसेज मा तस्विर साटासाट गरेर ब्लक लिस्टमा थन्किने प्रेम लाई अनलाइन प्रेम भनिन्छ महोदय । आउनु होस न अन–लाइनप्रेमले कस्तो असर गरेको छ समाजमा । केही घटना केल्याउ है?
एउटा जोडिले प्रेम मा परेर ९ कक्षा पढ्दा पढ्दै बिहे गर्यो । केही समय सुमधुर सम्बन्ध चल्यो, सन्तान जन्मिय (सायद ३ छोरा) हरु बाबू आमाको जस्तै उनी हरुको पनि इच्छा जाग्यो आफूले नपढे पनि , बचपनमा दुख पायको भय पनि आफ्ना सन्तानलाइ सुख साथ पढाउनु हुर्काउनु पर्छ भनेर अनि लोग्ने चाहिँ बिदेश गयो । कैले चिठी अनि कैले काहीँ तल साउ बाको पसलमा गयर टेलि फोनमा कुरा गरिरहन्थे । फोनमा अरुको लाजले प्रेम दर्साउन नसक्ने भय पछि धेरै कुरा चिट्ठिमा लेख्ने गर्थे । दुई बर्षमा तारेघर आयो ३ महिनाको छुट्टिमा । मात्रै आयन परिवारलाइ केके सामान छिमेकिलाइ चकलेट अनि रिताको लागि उ आउनु नै काफी थियो तर उस्ले रिताको लागि मोबाइल फोन ल्याइदियो त्यो पनि क्यामेरा भयको । उनी हरु प्रेम मा लिप्त थिय । ३ महिना सकियो । तारे फेरि गयो मुग्लान तिर । अलि अलि पैसा पनि जम्मा हुँदै गयो अनि फुर्सद भय यो जोडि भिडिओ कलमा झुन्डिन थाल्यो । तारेको त काम थ्यो रिता दिन भरि फुर्सदमा हुन्थी फोन खेलाउथी यस्तै गर्दा उस्को फुर्सदिलो समय मा अन्य पुरुषसङ्ग कुरा हुन थाल्यो । भिडिओ कलमा हेर्न थाले । एक अर्कालाइ अनि उनी हरु यसरी बाधिए कि आपसमा प्रेम गर्छौ भन्ने भ्रममा परे उनी हरु । समय बित्दै जादा तारेको फोन आउदा रिता पहिला जस्तो नबोल्ने तर नया नया पुरुष सङ्ग भने चाख मानेर बोल्ने गर्न थाली ।
समय र प्रबिधी आफ्नै गतिमा अघि बढीरहेको थियो । रिता जस्ता धेरै नारी सङ्ग मोबाइल र फेसबुक आइडी थियो । आफ्नी श्रीमती ब्यस्त छु भने पछि तारेले पनि फेसबुकमा भेटिने अन्य छोरी मान्छे सङ्ग हिम चिम बढाउन थाल्यो । तारे अर्कै सङ्ग रिता अर्कै सङ्ग मस्त छन अनलाइन प्रेममा । अभ झगडा हुन थाल्यो फलानो ले किन कमेन्ट गर्यो तेरो फोटोमा? फलानी ले किन लाइक गरि तेरो फोटोमा? यहि बिषयमा झगडा हुदा तारेले उस्कि श्रीमती लाई फेसबुक पास्वर्ड माग्यो र आफुले निग्रानी गर्न थाल्यो । आफू भने मस्त थियो अरुकै स्वास्नी सङ्ग मस्किदै दिन बिताउथ्यो । तर जब उस्कि श्रीमतीको मेसेन्जरमा अरु कसैले अस्लिल फोटो , मेसेज गरेको देख्यो र असह्य भयर जथाभावी गाली मात्रै गरेन घर आउने र मार्ने धम्की दियो । केही दिनमा उ आउने थाहा पाएपछि रिताले आफ्नो गल्ती आफैले स्विकारेर ज्यान जोगाउन भनी आफ्नै अनलाइन प्रेमी लाई भनी र दुई जना गए भारत भ्रमणमा । उता तारे घर आइपुग्दा तीन छोरा हरु को बिचल्ली देख्यो अनि रुने कराउने गर्यो । केही दिन छोराहरु छाडेर रितालाइ खोज्न जान समेत सकेन उस्ले । बस आफन्तलाइ खोजेर ल्याइदेउ भनेर अनुनय गर्यो मात्र । छोरा हरुलाइ बाउ आमा दुबैको माया दिन बाध्य छ तारे । अनि रिता चाहिँ एक महिना घुमे पछि केटाको घर गइन । तर उता पनि श्रीमती र दुई सन्तान रैछन उस्को । अभ रितालाई आपत पर्यो र उहीँ रात काठमान्डु पुगे रिता र उस्को प्रेमी । उसलाई एउटा होटेलमा छोडेर केटा गायव भयो । उसैलाइ खोज्दै घर जावस भने उसको घरमा पहिलो श्रीमती छ । बहु बिवाहको मुद्दा लाग्छ । आफ्नो तारे सङ्ग जावस भने उ अब आफ्नो रहेन । रिता बाध्य भयर त्यही होटेलमा बसेर देह व्यापार गर्छे अचेल ।
यो एक प्रतिनिधी घट्ना मात्रै हो । प्रबिधीको दुरुपयोगले गर्दा यस्ता थुप्रै घटनाहरु घटी रहेछन हाम्रो समाजमा । फेसबुक, इन्स्टामा देखिने गोरो छाला सहितको सुडौल शरिर अनि टिकटकमा देखिने स्तन र नितम्बका कम्पन मा अकर्षित भयर जो कोही सङ्ग प्रेम भयो भन्ने अधिकांस युवाको बुझाइ र झुकाब अझ बढ्दो छ । जब सम्म हामी हृदय बाट हुने प्रेमलाई मन र मस्तिस्कको प्रयोग गरि विभिन्न परिभाषा र व्याख्या अनि आफ्नो आवश्कता अनुसार प्रयोग गर्दछौ तब सम्म प्रेम कहिल्यै पाउने छैनौ हामिले । प्रेम, बिवाह र सम्भोग भनेका अलग अलग चिज हुन। यी सबै एकै ठाउमा हुन्छन भने ती अपवाद हुन नियम होइनन । जव प्रेम गर्दछौ हामि हरु तब त्यहा लिने दिने भन्ने केही हुदैन त्यहा त निः स्वार्थ , नि– सङ्कोच डुब्न मात्रै सकिन्छ सबैथोक भुल्न सकिन्छ । प्रेम गर्छु भनेर जव हामि उस्को स्वतन्त्रता खोस्छौ भने त्यो शोषण हो । म तिमिलाइ प्रेम गर्छु तिमी कोही सङ्ग बोल्न घुम्न पनि पाउँदिनउ भन्नू कसरी प्रेम हुन्छ? त्यो त आफ्नो स्वार्थ पुर्तिको लागि उसलाइ राखिने एक बन्धन हो ।