एकल नृत्य प्रतियोगीतामा खत्री बिजयी
- २४ भाद्र २०७८, बिहीबार
- 1442 पटक पढिएको
म्याग्दी २४ भदौ । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा संचालन गरिएको एकल अनलाइन खुल्ला नृत्य प्रतियोगीतामा बाग्लुङकी जिबिता खत्री प्रथम हुन सफल हुनुभएको छ । गत साउन १० गते देखि अनलाइन माध्यमबाट सुरु गरिएको ४८ जना सहभागी प्रतियोगीताको पहिलो, दोस्रो, तेस्रो चरणको छनौट पछि बुधबार उत्कृष्ट ५ मा पर्न सफल प्रतियोगीहरु बिच बेनीमा फाइनल गरिएको थियो ।
प्रतियोगीतामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै कलाकार खत्री प्रथम हुनु भएको हो । हरितालीका तिजको अबसर पारी तिज गीतमा प्रस्तुत गरिएको एकल नृत्य प्रतियोगीतामा बाग्लुङकै कमला थापा दित्तिय, म्याग्दी बरंजाकी देबिना घर्ती मगर तृतिय, बेनपा ४ सिङ्गाकी मनिषा खाती र बेनपा ५ खोरगैराकी अस्मिता परियारले सान्त्वना स्थान हाँसिल गर्नु भएको कार्यक्रम संयोजक गोकुल सुनारले जानकारी दिनुभयो ।
प्रतियोगीतामा प्रथम, दित्तिय, तृतिय र सान्त्वना हुनेलाइ क्रमश रु दश हजार, सात हजार, चार हजार, र दुइ हजारका दरले पुरस्कार प्रदान गरिएको संयोजक सुनारले बताउनुभयो । बिजेतालाइ कार्यक्रमका प्रमुख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, बिशिष्ट अतिथि अग्रज लोक दोहोरी गायीका धन कुमारी थापा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरे लगाएतले नगद, प्रमाणपत्र र खादा सहित पुरस्कार बितरण गर्नुभएको थियो ।
यसै बिच संघले म्याग्दीका अग्रज लोक दोहोरी गायीका धन कुमारी थापालाई सम्मान गरेको छ । जिल्लाको कला संस्कृतिलाई देश तथा बिदेशमा चिनाउनका लागि महत्वपुर्ण भुमिका निभाउनु भएकी थापाको योगदानको कदर गर्दै सम्मान पत्र र दोसल्ला द्वारा सम्मान गरिएको संगीतकर्मी संघ म्याग्दीका महासचिब कमल पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कटुवालले गीत गाउने गायक तथा गायीकाहरु दर्शक श्रोतामाझ लोकप्रीय हुने तर सर्जकहरु अझै पर्दा पछाडिनै बस्नु पर्ने अबस्था रहेकाले सर्जकहरुलाई पनि उपयुक्त अबसर सृजनाहुने खालका गतिबिधि गर्न आबश्यक रहेको बताउनुभयो ।
जिल्लाको कला, संस्कृतिको संरक्षण गर्न उद्योग बाणिज्य संघले पनि पहल गरिरहेको भन्दै आगामी दिनमा जिल्लाका सबै संगीतकर्मीहरु संग सहकार्य गरेर म्याग्दी महोत्सब लगाएतका सांस्कृतिक कार्यक्रम संचालन गर्ने बताउनु भयो । कार्यक्रममा बिशिष्ट अतिथि अग्रज गायीका थापा, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेल, प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरे, म्याग्दी जेसिजका अध्यक्ष बिरेन्द्र श्रेष्ठ, संगीतकर्मी संघकी गण्डकी प्रदेश सदस्य दिलु फगामी, साहित्यकार चन्द्र बहादुर लामिछाने लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । संघका जिल्ला अध्यक्ष बिपिन पौडेलको अध्यक्षता, र प्रथम उपाध्यक्ष किसान बिश्वकर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिब कमल पौडेल र सहसचिब गोकुल सुनारले गर्नु भएको थियो ।